कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका २ हजार ८०७ सुरक्षाकर्मी शहीद घोषणा

pm office

    काठमाडौं । सरकारले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । तर, घोषणा भने शहीद दिवसका दिन मात्र गरिने पनि बताइएको छ ।

कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गर्ने निर्णय निर्णय गरिएको हो । शहीद घोषणा गरिएकाहरु मध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित