स्मार्ट एनआरएन बनाउन भन्दै भवन भट्टले दिए अध्यक्षमा उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा संघका वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आफूलाई जिताउन सबैसँग आग्रह गरे ।

  यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, ‘स्टर्टअप फन्ड’को व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने लगायतका नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 आफू एनआरएनको स्थापना कालदेखि नै सक्रिय रहेको र यसको प्रभावकारिताका लागि आफूसँग धेरै राम्रा कार्यक्रम रहेकाले आफ्नो जित आवश्यक रहेको भट्टको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित