६ महिनामा एनआइसि एसियाको  दुई अर्ब १४ करोड संचालन नाफा

nic

  काठमाडौं : एनआईसी एशिया  बैकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा २ अर्ब १४ करोड रुपैयाँको संचालन नाफा गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गतवर्षको सहो अवधिको तुलनामा १७२ प्रतिशतले संचालन मुनाफा वृद्धि गर्दै २ अर्ब १४ करोड रुपैयाँ पुर्‍याएको हो । खुद नाफा तर्फ गत वर्षको सोही अवधिको तुलनामा १६४ प्रतिशतले वृद्धि गरी १ अर्ब ५१ करोड आर्जन गरेको छ ।

त्यस्तै बैंकले वार्षिक विन्दुगत आधारमा वसालत आकार ५३ प्रतिशले वृद्धि गरी २ खर्ब १४ करोड पुर्‍याएको छ । जसमा कर्जा तर्फ १ खर्ब ४९ अर्ब रुपैयाँ पुर्‍याएको छ ।त्यस्तै निक्षेप तर्फ एक खर्ब ७५ अर्ब रुपैयाँ पुर्‍याएको छ ।

बैंकका देशभर २७५ शाखाकार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित