बैकल्पिक ऊर्जाको ४० करोड रकम अपचलनमा धितालसँगै ढकाल पनि तानिँदै

काठमाडौं । बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा भएको भ्रष्टाचर छानबिन प्रकरणमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल समेत तानिने भएका छन् । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, लेखा प्रमुख चन्द्रकिशोरप्रसाद चौधरी र ढकालको  मिलेमतोमा ह्यान्डलिङ बैंकमा रहेको (केन्द्रको खाता रहेको ग्लोबल आईएमई बैंक)  धरौटी खाताको ४० करोड रकम अपचलन गरिएको तथ्य बाहिर आएको छ ।

  जबकी  ह्यान्डलिङ बैंकमा रहेको धरौटी खाताको रकम चलाउन मिल्दैन । ९० करोड खर्चको कुनै बिल भर्पाई नै नभएकाले सोझै भ्रष्टाचार भएको  लेखा नियन्त्रक पुष्पहरी गुरागाईले नै औंल्याएको कुरा बाहिरिएपछि लेखासमिति र अन्य सरोकारवाला निकायले छानबिन गर्न सक्ने देखेर कार्यकारी निर्देशक धिताल, लेखाका चौधरी र प्रशासनका प्रमुख रुद्रप्रसाद खनालले कार्यालय बाहिर बसी फर्जी बिल भपाई तयार गरिरहेका छन् ।

  अहिले लेखा समित र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जा प्रबद्र्धन केन्द्रमा भएको भ्रष्टाचर र बेरुजु रकमको छानविन गर्ने तयारी थालेपछी फस्ने डरले चन्द्र ढकाल समेत आफ्नो बारेमा उजुरी परेका निकायहरुमा सेटिङ मिलाउन लागिपरेको उच्च स्रोतले वताएको छ । लेखासमितिका सदस्य रामहरि खतिवडाले केन्द्रको ८ अर्बभन्दा बढी बेरुजुको चाडै नै छानबिन हुने बताएका छन् । समितिको बैठक राखेर बेरुजु छानबिन गर्छौं, उनले भने - ; ९० करोड रुपैयाँ बिल भर्पाई नै छैन । ४० करोड धरौटी खाताको पैसा केन्द्रले अपचलन गरेको उजुरी आएको छ । दोशी भेटिएका कुनै पनि हालतमा उम्कदैनन् ।'

 यो आयल निगमको भन्दा डरलाग्दो भ्रष्टाचार भएको भन्दै समितिले यसलाई गम्भीर रुपमा लिएको खतिवडाले माइन्युजनेपाल सँग वताए । यो समुहले फस्ने डरले केही आर्थिक बर्षका कागजात नै गायब पार्ने काम गरेको केन्द्रका एक कर्मचारीले वताए ।  कार्यकारी निर्देशक  धिताल, प्रशासन प्रमुख खनाल र लेखा प्रमुख चद चौधरीको मिलेमतोमा ९० करोडको बिल भर्पाई फर्जी तयार गरिरहेका छन् ।

  ५ अर्ब बेरुजुमा ९० करोडको खर्च पुष्ट्याई हुने कुनै आधार नभएकाले धिताल, खनाल र चौधरीले फर्जी बिल भर्पाई तयार गरिरहेका छन् । धिताल, खनाल र चौधरीको समूहले केन्द्रको सफट्वेयर नै बिगारी जरिवाना रकमको ४ करोड ३३ लाख ९४ हजार २१० रुपैयाँ समेत भ्रष्टाचार गरेका छन् । केन्द्रमा सचीकृत सौर्यऊर्जा कम्पनीहरुको सफट्वेयरमा छुट्टाछुट्टै कोड राखिएको छ । तर धितालको समूहले सफट्वेयरमै हिसाबकिताव गोलमाल गरी ४ करोडभन्दा बढी भ्रष्टाचार गरेको प्रमाण बाहिर अाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित