हनुमन्ते सफाई अभियानको ४९ औ हप्ता ,अरनिको राजमार्गका बिभिन्न स्थानमा सफाई गरि सम्पन्न

Hanumante

भक्तपुर ।
हनुमन्ते सफाई अभियानको ४९ औ हप्ता तथा अरनिको राजमार्ग एक महिने सफाई अभियानको तेस्रो चरणको अन्र्तगतको सफाई अभियान आज अरनिको राजमार्गका बिभिन्न स्थानबाट एकैसाथ सफाई कार्यक्रम गरेर सम्पन्न भएको छ । कार्यक्रम हनुमन्ते सफाई अभियानका अभियन्ताहरुको अगुवाईमा बिभिन्न स्थानमा सफाइ गरि सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको बिशेष संयोजनमा संचालन भईरहेको हनुमन्ते नदी सफाई अभियान र जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भइरहेको अरनिको राजमार्ग सफाई अभियानको आजको कार्यक्रम प्रमुख अतिथि शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक  मनिराम गेलालले भक्तपुरको सृजनानगर चोकमा औपचारिक कार्यक्रम गरि शुरुबात गरिएको थियो ।

HH
सफाई अभियानमा सुर्यबिनायक नगरपालिका प्रमुख तथा हनुमन्ते नदी सफाई अभियानका संयोजक बसुदेव थापा, हनुमन्ते नदी सफाई अभियानका सह संयोजक एबम् सुर्यबिनायम नगरपालिका उपप्रमुख जुना बस्नेत, सफाई अभियान अनुगमन संयोजक मदन घिमिरे , पातञ्जल योग समिती नेपालका नबराज काफ्ले , लगायत नेपाली सेना नेपाल, प्रहरी सशस्त्र प्रहरी, वेभ ग्रप , नेप्सेम्यक ,नेपाल फुलबारी लगायत बिभिन्न संघसस्था र स्थानीयको उपस्थिति रहेको थियो ।

समृद्ध भक्तपुरको परिकल्पना सहित सांसद बस्नेत प्रत्येक शनिबार र मङ्गलबार अरनिको राजमार्गमा आफैँ फोहोर ब्यबस्थापनका लागि लागेसँगै स्थानीय जनता एबम् जनप्रतिनिधिहारु पनि हातहातमा कुचो, डोको र सफाइका विभिन्न औजार लिएर सफाइमा खटिने गरेसँगै भक्तपुरमा संचालित सफाई अभियान परिणाममुखि बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित