सरकारी गाडीमा अगजनी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

pokhara

    पोखरा । जिल्ला प्रहरी कार्यालयल कास्कीले सरकारी गाडीमा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । शनिबार विहान सरकारी गाडीमा आगजनी गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले दुई घण्टाभित्रै पक्राउ गरेको हो । शनिबार (हिजा) विहान पोखरा महानगरपालिका–७ जिरोकिमीदेखि फिर्के चौतारा जोड्ने भित्रि सडकखण्ड मासवारस्थित श्रीकृष्ण मा.वि. मासवारको गेट अगाडी पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडीमा उनीहरुले आगजनी गरेका थिए ।

मोटरसाईकल तथा स्कुटरमा आएका ४/५ जनाको समूहले बाटो छेकेर पेट्रोल छर्कि गाडीमा आगोलगाई फरार भएकोमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको टोलीले दुई घण्टा भित्रै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्की पोखराका प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

प्रहरीका अनुसार आगजनी गरिएको सवारी साधन ७० प्रतिशत भन्दा बढि जलि क्षति पुगेको छ । प्रहरीले उनीहरुलाई लेकसाईड स्थित स्ट्रिट नं.९ मा रहेको होटेलमा लुकिछिपि बसेको अबस्थामा नियन्त्रणमा लिएको जनाएको छ । साथै प्रहरीले उनीहरुको साथबाट ग८प ५८२३ नंम्बरको स्कुटर, ग१४प १७२९ नंम्बरको स्कुटर र बा५६प ३४८६ नंम्बरको एभेन्जर मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–६ लेकसाईड बस्ने बर्ष २३ को डिफान भुजेल, बर्ष ३३ को पर्शुराम बस्नेत, बर्ष ३० को राजेन्द्र बराल, वर्ष ३५ को लक्ष्मीप्रसाद पौडेल र बर्ष २२ को बिनय पौडेल रहेका छन् । स्रोतका अनुसार उनीहरु प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ता रहेको बुझिएको छ । एसपी रानाका अनुसार उनीहरुलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित