मिस हिमालय लिटल एन्जलको अडिसन सम्पन्न

miss bachha

    काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको ‘मिस हिमालय लिटल एन्जल काठमाडौं–२०१९’ को अडिसन सम्पन्न भएको छ । महाराजगञ्जस्थित इन्द्रेणी फुडल्यान्डमा शुक्रबार भएको अडिसनमा निर्णायकको रुपमा गनिका गुरुङ, उज्वल प्याकुरेल, प्रवेश कर्माचार्य, लक्ष्मी शाही, रोजी गिरी, पल्पसा श्रेष्ठ र नारायण आचार्य रहेका थिए ।

कुल ९२ जनाले अडिसनमा भाग लिएकोमा ५० जनालाई मात्र छनौट गरिएको प्रमुख इभेन्ट डाइरेक्टर आकृति राजभण्डारीले जानकारी दिइन् । छनौट भएका प्रतियोगीहरुलाई मंगलबारदेखि १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तिmत्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसन लगायतका कृयाकलापहरु रहनेछन् ।

मिस हिमालय लिटल एन्जल काठमाडौंको विजेताले नगद ५० हजार साथै फिलिपिन्समा हुने लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् ।

प्रतियोगितामा उमेर समूह ६–८, ९–१०, ११–१३ गरेर तीन समूहमा बिभाजन गरेर समूह बिजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिनेछ । विगतमा कर्पोरेट नाईट, मिस हिमालय नेपाल जस्ता इभेन्टहरु सफलतापूर्वक आयोजना गरिरसकेको कथा इभेन्टको यो मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ पहिलो संस्करण हो ।

प्रतिक्रिया

सम्बन्धित