भक्तपुरको बिकासमा प्रतिवद्ध नेता बस्नेत, गणेशमान सिंह वाटिकामा विश्राम स्थल निर्माण कार्य सम्पन्न

Mahesh Radhe

भक्तपुर । जनप्रतिनिधीले चुनाबी समयमा गरेका वाचा विर्सिएको जनगुनासो आइरहेको बेला भक्तपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेत भने क्रमश प्रतिवद्धता पूरा गर्दै गएका छन् । भक्तपुरमा प्रस्ताबित ठुला एबम् साना सबै बिकास योजनाको कार्यन्वयनका गर्न प्रतिबद्ध जनप्रतिनिधीको रुपमा सांसद बस्नेतको कामले देखाउछ ।

विकासमा एक्यवद्धता,चुनावमा प्रतिस्पर्धा भन्ने नारा सहित चुनावी प्रतिवद्धता पुरा गर्ने कार्यमा उनी लागेका छन् । यसको अर्थ उनी आफूले मात्रै नभइ चुनाबको समयमा प्रतिष्पर्धीले उठाएका विकासका एजेण्डा पनि पूरा गर्न केन्द्रीत छन् ।

Ganesh Man Park

सांसद बस्नेतको पहलमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेमा वरिष्ठ नेता गणेशमान सिंह वाटिकाको नाममा रहेको सुवर्णेश्वर महादेव मन्दिरलाई व्यवस्थित बनाउने कार्यमा सम्पन्न भएको छ ।
वाटिका प्रवेशद्वार अगाडि ढुङ्गाको रिटेनिङ्ग वाल, भुईमा ब्लक छापेर आकर्षक बनाउने काम लगाएत फलामको बेन्च राखि, मन्दिर परिसर हेर्न र बस्न लायक विश्राम स्थल निर्माण गर्ने कार्य पुर्ण भएको छ ।
Ganeshman park1
चुनाब अघिमात्रै नभई सांसद बस्नेत चुनाबपछि पनि निरन्तर जन(भाबनाको सम्मानार्थ घर दैलोमा छन् । उनले दैनिक जीवनीसँग अत्याबश्यक कूरालाई प्राथमिकतामा राखेर भक्तपुरका जनताका लागि काम गरिरहेका छन् । पूर्वमन्त्री समेत रहेका बस्नेतले देशकै सुन्दर जिल्ला भक्तपुरलाई बनाउन पक्ष विपक्ष नभनी लाग्नु पर्ने बताउदै समृद्ध भक्तपुरका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
सांसद बस्नेतकै पहलमा भक्तपुरमा समागृह, अन्तराष्ट्रिय रंगशाला, सुरुङ मार्ग, प्राणी उद्यान केन्द्र, कवोर्डहल, सुविधा सम्पन्न वीर अस्पताल, अरनिको राजमार्ग विस्तार लगायतका धेरै राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको प्रकृयामा छन् ।

प्रतिक्रिया

सम्बन्धित