अग्युरोको ह्याट्रिकले म्यान्चेस्टरको सहज जित

city

   काठमाडौं । सर्जियो अग्युरोले ह्याट्रिक गर्दै म्यान्चेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित दिलाएका छन् । आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।आर्सनलका लागि लौरेन्ट कोसील्नीले एक गोल फर्काएका थिए ।

अग्युरोले खेलको पहिलो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । तर खेलको ११ औं मिनेटमा आर्सनलका लौरेन्टले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ४४ औं मिनेटमा अग्युरोले अर्को गोल गर्दै सिटीलाई पुनः २–१ गोलको अग्रता दिलाए । पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा आर्सनलले भने कुनै गोल गर्न सकेन । ६१ औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक गोल पूरा गरेका थिए ।

जितपछि म्यान्चेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २५ खेलबाट ५९ अंक बनाएको छ । आर्सनल भने २५ खेलबाट ४७ अंक बनाउँदै लिगको छैटौं स्थानमा छ ।लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुलको ६१ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित