सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस

nepali congress

   काठमाडौं । महँगी, भ्रष्टाचार र सरकारका पछिल्ला निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महंगी, भ्रष्टाचार तथा सरकारका अनेक जनविरोधी निर्णयविरुद्ध कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गर्न लागेको जानकारी दिए ।

प्रदर्शन ७७ वटै जिल्लास्थित सदरमुकाममा गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको कांग्रेसले आम कार्यकर्ता तथा समर्थकहरुलाई यसमा सहभागी हुन आग्रह गरेको छ ।

आफ्नो विरोधका बाबजुद संसदबाट पास भएको चिकित्सा शिक्षा विधेयक, वाइडबडी खरिदमा भएको घोटाला, विनाप्रतिस्पर्धा बूढीगण्डकी बहुउद्देश्यीय परियोजना चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयलगायतमा काग्रेस रुष्ट बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित