क्रिकेट खेलाडीलाई जनही ५ लाख !

_105462042__105462679_si_m7608

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ ।खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले प्रत्येक खेलाडीलाई ५ लाख दिन मन्त्रालयमार्फत प्रस्ताव लैजाने बताएका हुन् ।

विमानस्थलमा नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदले रातो कार्पेट ‌ओछ्याएर स्वागत गरेको छ। यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको हो। युएई भ्रमणमा नेपालले तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेलेको थियो। नेपाली टोली दुवै सिरिज २–१ ले जितेर ऐतिहासिक सफलतासहित नेपाल फर्किएको हो। पारस खड्कको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ।

आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि नेपाल दोस्रो सिरिज खेल्ने क्रममा युएई पुगेको थियो। नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने युएईबाटै अष्ट्रेलिया गएकाले उनी काठमाडौं आएनन्। उनी अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेल्न युएईबाटै गएका नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित