सांसद बस्नेतद्धारा मनोहरा–पेप्सीकोला करिडोरको स्थलगत निरीक्षण

mahesh basnet_2

   काठमाडौं । तिनकुने–सूर्यविनायक र कलंकी–कोटेश्वर सडकखण्डको स्तरोन्नतीसँगै कोटेश्वरमा सवारी चाप दिन प्रतिदिन बढिरहेको छ । सवारीको चापका कारण कोटेश्वर जडिबुटी सडकखण्डमा लामो समय ट्राफिक जामको समस्या भोग्दै आएका सडक प्रयोगकर्ताका लागि अब भने उक्त सडक खण्डको यात्रा केही सहज हुने भएको छ । कोटेश्वरबाट बनेपा–धुलीखेल हुँदै सिन्धुली–बर्दिबास चल्ने विपी राजमार्ग सञ्चालमा आएसँगै कोटेश्वको ट्राफिक जाम ह्वात्तै बढेको हो । जामका कारण आम सडक प्रयोगकर्ताहरुले दैनिक रुपमा सास्ती खेप्नुपरिरहेको अवस्थालाई मध्यनजर गर्दै त्यसको न्यूनीकरणका लागि भक्तपुरबाट निर्वाचित जनप्रतिनिधि महेश बस्नेतको सक्रियता झन बढेको छ ।

सांसद महेश बस्नेतकै पहलमा बुधबार जडिबुटीको मनोहरा पुलदेखि पेप्सीकोलाको पुलसम्मको करिडोर निर्माण स्थलगत अनुगमन भएको छ । कोटेश्वको ट्राफिक जाम अन्त्यका लागि भक्तपुर र काठमाडौं महानगरपालिकाले आ–आफ्नै क्षेत्रबाट काम गरिरहेका छन् । तर, सांसद बस्नेतले भने आफै उपस्थित भएर यस अघि पनि जडिबुटी–बालकुमारी सडकको निर्माणका लागि अग्रसरता मात्रै देखाएनन्, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि सकेसम्म छिटो सडक निर्माण गरिदिनका लागि आग्रह समेत गरेका थिए ।

बालकुमारी–जडिबुटी तर्फको करिडोरको काम काठमाडौं महानगरपालिले तिव्र गतिमा अघि बढिरहेको छ भने भक्तपुर तर्फको निर्माण कार्य सम्पन्न भई हाल सञ्चालनमा आइसकेको छ । त्यस्तै मनोहरा नदीमा निर्माण हुने बेलिब्रिज समेत टेण्डरको प्रकृयामा गइसकेका कारण आगामी दिनमा कोटेश्वरको जाम केही हदसम्म कम हुने आशा गरिएको छ ।

निर्माणाधिन बालकुमारीदेखि जडिबुटी करिडोरको कामले तिब्रता पाएसँगै सांसद बस्नेत फेरि मनोहरा–पेप्सीकोला करिडोर निर्माणमा जुटिरहेका छन् । सोही काम सम्पन्न गराउनका लागि सांसद बस्नेतसहितको एक टोलीले बुधबार उक्त करिडोरको स्थलगत अनुगमन गरेको हो । सुकुम्वासी, घर टहरालगायतका कारणले लामो समयदेखि अड्किएको उक्त करिडोर निर्माणको कामले अब भने गति लिने निश्चित छ । यस क्षेत्रमा ३० मिटरको नदी, ९ मिटर ग्रीनरी (हरियाली क्षेत्र) तथा ११ मिटरको करिडोर (बाटो) बन्ने भएको छ ।

karidor

मनोहरा जग्गा एकिकरण आयोजनामा कालिका–थोदुङ जेभीले एक बर्ष अघि ५० करोडको लागतमा दुई २०७६ सालभित्र सम्पन्न गर्ने गरी उक्त आयोजना ठेक्का लिई काम अघि बढाएको थियो । निर्धारित समयभन्दा अगावै करिडोर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको उक्त निर्माण कम्पनीले करिडोरको करिव ८० प्रतिशत काम सम्पन्न गरेको छ । तर, पछिल्लो समय उक्त करिडोर निर्माणमा घर टहराका कारण अवरुद्ध भएको थियो ।

सांसद महेश बस्नेतको नेतृत्वमा बुधबार भएको स्थलगत निरीक्षणमा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठ, शसस्त्र प्रहरी प्रमुख पुरुषेत्तम थापा, आयोजना प्रमुख इन्द्रमान सुवाल, सडक विभाग भक्तपुरका इन्जिनियर कर्ण केसीलगायतको उपस्थिति रहेको थियो ।

निरीक्षणपछि कुरा गर्दै सांसद बस्नेतले आपसी छलफल तथा वार्ताको माध्यमबाट उक्त आयोजनामा पर्ने १५ वटा घर तथा टहराहरुको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । विकास निर्माणका काममा कसैले पनि अवरोध गर्न नहुने भन्दै उनले नागरिकको नैसर्गिक अधिकारलाई बञ्चित नगराई समस्या समाधान गरिने दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित