दिल्लीमा पुगरे पनि अवतरण नै नगरि फर्कियो नेवानीको विमान

nepal airlines

     काठमाडौं । काठमाडौंबाट भारतको दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको एयरबस दिल्ली पुगेपनि त्यहाँ अवतरण नै नगरी नेपाल नै फर्किएको छ । १ सय ६ जना यात्रु बोकेर दिल्लीका लागि उडेको निगमको ३२० एयरबस खराब मौसमका कारण अवतरण गर्न नसकेर काठमाडौँ फर्किएको हो ।

निगमले दिल्लीस्थित इन्द्रिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण निगमको विमान अवतरण हुन नसकेर काठमाडौं फर्किएको जनाएको छ । बिहीबार बेलुकी साढे ५ बजे काठमाडौंबाट उडेको विमानले दिल्लीमा अवतरण गर्न नपाएपछी साँझ साढे ८ बजे काठमाडौंमै अवतरण गरेको थियो । दिल्ली विमानस्थलले एक घण्टा आकाशमा नै होल्ड गर्न आग्रह गरेपछि विमान काठमाडौं फर्किएको हो ।

प्रतिक्रिया

सम्बन्धित