अलिमियाँलाई मरणोपरान्त ‘चौथो हेमराज पहारी स्मृति पुरस्कार’

alimiya

    पोखरा । हेमराज पहारी स्मृति प्रतिष्ठानले यस वर्ष नेपाली लोक वाङ्मयका धरोहर लोककवि अलिमियाँलाई मरणोपरान्त ‘चौथो हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ । हेमराज पहारी स्मृति पुरस्कार प्रतिभा छनौट समितिले सर्वसम्मत रुपमा लोककवि अलिमियाँलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले हिजो (विहिबार) प्रेस विज्ञप्ति जारी गर्दै हेमराज पहारी स्मृति पुरस्कार प्रतिभा छनौट समितिलाई धन्यवाद समेत ज्ञापन गरेको छ । पुरस्कार प्रतिभा छनौट समितिमा साहित्यकार अनील पौडेल तथा सदस्यद्धय नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेका थिए ।
हरेक दुई वर्षमा प्रदान गरिने यो पुरस्कार साहित्यकार पहारीको नावौं स्मृति दिवसको अवसर पारेर फागुन १७ गते लोककवि अलिमियालाई प्रदान गरिने प्रतिष्ठानकी अध्यक्ष रीता पहारीले माइन्यूज नेपालसँग बताइन् । साहित्यकार हेमराज पहारीको योगदान र कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्दै नेपाल वाङ्मयको श्रीबृद्धिमा समर्पित यस प्रतिष्ठानले १ लाख नगद र ताम्रपत्रसहित लोककवि अलिमियाँलाई सम्मान्न गर्न लागेको अध्यक्ष पहारीले बताइन् ।
यसअघि यो पुरस्कारबाट वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान पुरस्कृत भइसकेका छन् । अध्यक्ष पहारीका अनुसार स्मृति दिवस तथा सम्मान कार्यक्रमको अवसरमा प्रतिष्ठानले नै प्रकाशन गरेको साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरु’ पनि लोकार्पण हुनेछ ।

पहारीको यसअघि देशको अभिभारा कविता सञ्चयन र उत्तरी गोलाद्र्धको एक फन्को नियात्रा प्रकाशित छन् । प्रतिष्ठानकी अध्यक्ष रिता पहारीले विज्ञप्तिमार्फत प्रतिष्ठानलाई यो स्थानसम्म ल्याईपु¥याउन सहयोग गर्नुहुने लेखक, साहित्यकार, साहित्यकार पहारी र शुभचिन्तकप्रति आभारी व्यक्त पनि गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित