राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतहरुद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

sapath

   काठमाडौं । नवनियुक्त तीन राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई जेनेभाका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन ।

सपथ ग्रहण अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित