सिलवाल पीडित गुनवहादुरले भने - मेरो आँशुले सिलवाललाई अझै पोल्न बाँकी छ

काठमाडौं । डिआइजी नवराज सिलवालबाट पीडित भएका गुनवहादुर थापाले अझै आफ्नो आँशुले सिलवाललाई धेरै पोल्ने दाबी गरेका छन् । सर्वोच्च अदालतको पूर्ण इजलाशले सिलवालबाट दर्ता भएको रिट खारेज गरेपछी सिलवालले विज्ञप्ती जारी गर्दै पदबाट राजीनामा दिएको बताएका थिए ।

  सिलवालले ५ सय २५ प्रतिशत ब्याज लिएर आफूलाई ठगी गरेको तथा पटक पटक यही कारण जेलमा हालेको थापाको दावी छ । थापाले सिलवालबाट कहिले लागूऔषध त कहिले चेक वाउन्स त कहिले चेलिवेटी वेचविखन गरेको भन्दै वर्दीको दुरुपयोग गरी थुनामा राखेको भन्दै पटक पटक पत्रकार सम्मेलन गर्दै आएका थिए ।

  सिलवालले राजीनामा दिएसँगै थापाले भने- ' मेरो कोही नभए नि भगवान छ भन्ने सोचिराखेको थिएँ । नभन्दै मेरो आँशुले सिलवालाई आइजीपी हुन दिएन । अझ मलाई दुख दिएर घर न घाटको बनाएकोमा उनको पनि उस्तै हालत भएको छ ।' उनले गम्भिर मुद्रामा भने । सिलवालले झूटो मुद्दा लगाएर थापालाई फसाउन खोजे पनि थापा भने निर्दोश साबित भैसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित