संविधान कार्यान्वयनको चरणमा छौं : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाहरूको अधिकार र समान सहभागिताका लागि संविधान मैत्रीपूर्ण रहेको बताएका छन् । काठमाडौंमा सोमबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नयाँ संविधानले महिलाहरूको अधिकार स्थापित गरेको दाबी गरे । ‘हामी संविधान कार्यान्वयनको चरणमा छौँ’, उनले भने–‘संविधानले महिला अधिकारका लागि धेरै अधिकार स्थापित गरेको छ ।’ प्रधानमन्त्री देउवाले संविधानले दिएको अधिकारअनुसार नै स्थानीय तहको निर्वाचनमा महिलाहरूको उल्लेख्य सहभागिता भएको बताए । ‘स्थानीय तहमा थुप्रै महिलाहरू निर्वाचित हुनुभएको छ’, उनले भने, ‘हरेक क्षेत्रमा महिलाको ४० प्रतिशत सहभागिता हुन्छ ।’ कार्यक्रममा उद्योगपति विनोद चौधरीले व्यापारमा आफूले पाएको सफलताका बारेमा छाटो मन्यतब्य राखेका थिए । उनले समय र संघर्षलाई मिलाउने हो भने मानिसको जीवनमा सबै कुरा सम्भव रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित