‘सोसियल मिडिया अवार्ड २०७५’ सम्पन्न

Award

काठमाडौँ ।
सर्वोत्कृष्ट १६ विधामा अवार्ड प्रदान गर्दै ‘सोसियल मिडिया अवार्ड २०७५’ सम्पन्न भएको छ ।  ड्रिम्स वल्र्ड फिल्म मेकरर्स प्रा.लि.को आयोजनामा तथा नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नंं. ३ तथा चलचित्र विकास वोर्डको सहयोगमा आइतवार साँझ आयोजना गरिएको उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

 
कार्यक्रममा युट्युव तर्फको सर्वोत्कृष्ट भिडियोमा निमेश श्रेष्ठ (फन रिभोलुसन टिभी), फेसबुक तर्फको सर्वोत्कृष्ट भिडियोमा निमेश श्रेष्ठ, समाचार तर्फको सर्वोत्कृष्ट भिडियोमा सन्तोशी अधिकारी, सर्वोत्कृष्ट ट्रोलमा ट्रोल फुटबल नेपाल, लघु फिल्मको सर्वोत्कृष्ट सम्पादनमा उमेश चौधरी र युवराज खनाल, लघु चलचित्रको सर्वोत्कृष्ट नायीकामा स्मृती न्यौपाने, लघु चलचित्रको सर्वोत्कृष्ट नायकमा निमेश श्रेष्ठ र अनिस जंग थापा, लघु चलचित्रको सर्वोत्कृष्ट साउण्ड (आवाज)मा विनय अधिकारी, लघु चलचित्रको सर्वोत्कृष्ट छयाङ्कनमा विकल थापा, लघु चलचित्रको सर्वोत्कृष्ट भिडियो (निर्णयकका तर्फबाट)मा ‘बोकाहरु’ (फन रिभोलुसन टिभी), सर्वोत्कृष्ट इन्करेजमेन्टमा विकास घले गुरुङ, सर्वोत्कृष्ट सोसियल म्यासेजमा राज मानन्धर, सर्वोत्कृष्ट सार्वजनिक छनौटमा सञ्चिता बुढाथोकी, सर्वोत्कृष्ट लघु चलचित्रको निर्देशकमा अनिरुद्र दवाडी, सर्वोत्कृष्ट डकुमेन्ट्रीमा ‘जोगी’ र सर्वोत्कृष्ट लघु चलचित्रमा ‘अलिखित’ले अवार्ड प्राप्त गरेका छन् ।


कार्यक्रममा सोसियल रंगममञ्च पत्रकारिता पुरस्कार कुवेर गिरी, सामाजिक अभियान्ता सम्मान उत्तम सञ्जेल र चलचित्र कर्मी सम्मान निर्णयक मण्डलका सदस्य तथा सञ्चारकर्मी, निर्माता संगित श्रेष्ठलाई स्वरुप रु ११,१११।– (अक्षरुपी एघार हजार एक सय एघार मात्र) रुपौँया सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
अवार्ड कार्यक्रममा ८० वटा लघु चलचित्रहरुबाट छनौट गरिएको आयोजकले जनाएको छ । अवार्ड कार्यक्रममा छनौट प्रकृयामा दुई प्रकारले गरिएको बताइएको छ, जसमा समुह क ‘फिल्म’ र समुह ख ‘सोसियल मिडिया’ रहेको थियो ।


कार्यक्रममा बरिष्ठ संगितकार तथा पूर्वचलचित्र विकास बोर्डका अध्यक्ष सम्भुजित बाँस्कोटाले चलचित्रको विकास विना देश विकासको कल्पना पनि गर्न नसकिने बताउँदै देशको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत विकासको मुख्य आधारको रुपमा चलचित्रलाई लिनुपर्ने बताउनुभयो छ । देश विकास तथा आर्थिक समुन्नतीको लागि चलचित्र क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।


आयोजक संस्थाको अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष समेत रहनुभएका सबनम मुखियाले चलचित्र तथा वृत्तचित्रको माध्यमबाट अशिक्षाको अन्धकारलाई हटाई उज्यालो बक्तिको रुपमा अघि बढाउने मूख्य ध्येयका उक्त अवार्ड कार्यक्रम गरिएको बताए । उहाँले सामाजिक, जनचेतना, क्षमता प्रस्फुटन लगायतका कार्यहरु गरी नेपाललाई विश्वसामु चिरपरिचित गराउनु अहिलेको अपरिहार्यता भएको समेत बताए
उहाँले आम नेपाली जनतामा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा सूचनाको प्रवाह गर्दै यो अवार्ड कार्यक्रम अघि बढाएको जानकारी गराँदै पिछडिएको वर्ग वा समुदाय, महिला, जनजाती, आदिवासी, मुस्लिम, अल्पसंख्यक लगायतका मानिस वा समुदायलाई न्यायिक समानता, क्षमता वृद्धि, विकास लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित