मधेसी जनताको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : प्रचण्ड

prachanda

 सिरहा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको आवश्यकता अनुसार संविधान संशोधन हुने वताएका छन् ।आफुले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको अध्यक्ष प्रचण्डले बताए ।

 सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसी जनताको आवश्यकताअनुसार संविधान संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री , आफुु र उपेन्द्र यादवले हस्ताक्षर गरेको पनि उल्लेख गरे । 

मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शङ्का नगर्न आग्रह गर्दै मधेसको विकास गरेमात्रै मधेसी जनताको आकाङ्क्षा सम्बोधन गर्न सकिने बताए । नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको भन्दै प्रचण्डले तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको जनाए । सिँचाई र खानेपानी समस्या समाधानका लागि सक्दो पहल गरिने  प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित