राष्ट्रिय गौरवका २० वटा आयोजनामा सतर्कता केन्द्रको छानविन, कारवाहीको तयारी

satarkata

 काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले राष्ट्रिय गौरवका आयोजनको निर्माण गुणस्तरहीन भएको गुनासो आएपछि छानविन गरेर कारवाही गर्ने भएको छ। सर्तकता केन्द्रलेप्राविधिक परीक्षण गरेर कारवाही गर्न सिफारिस गरेको छ । राष्ट्रिय गौरवका २० वटा आयोजनाको प्राविधिक परीक्षण गरिरहेको थियो ।

 केन्द्रले जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका रानीजमरा कुलरिया सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, भेरी–बबई बहुउद्देश्यीय सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनाको प्राविधिक परीक्षण सकाएको छ । परीक्षणपछि केन्द्रले १० वटा आयोजनालाई कारवाही गर्न सिफारिस गरेको हो ।

 कमजोर प्राविधिक परीक्षण र निर्माणका कारण सिक्टा सिंचाई आयोजनाको निर्माणाधिन नहर भत्किएपछि सर्वपक्षीय रुपमा यसको चर्चा भएको थियो । त्यसपछि केन्द्रले प्राविधिक कमिटी बनाएर सिक्टाका साथै अन्य राष्ट्रिय गौरवका आयोजना समेतको प्राविधिक परीक्षण गरेको हो ।

 बर्दियाको बबई नदीको जब्दीघाट पुललगायत पुल बनी नसक्दै भत्किएका छन् । केन्द्रले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण लोकमार्ग , कर्णाली, गण्डकी कोरिडोर, हुलाकी सडक आयोजनाको सडक एवम् पुल दुवैको परीक्षण गरेकोे छ ।

 लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोषको प्राविधिक परीक्षण पनि सकिएको  । निजगढमा बन्ने भनिएको दोस्रो अन्र्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजना पनि परीक्षण सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित