धारीलो हतियार प्रयोग गरी १४ वर्षिय बालकको हत्या

chhuri

    पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडमा १४ वर्षिय बालकको हत्या भएको छ। प्रहरीका अनुसार सोमबार राति लेकसाइडस्थित १४ वर्षिय सचिन सिंजालीको धारिलो प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख तथा डिएसपी नवीन कार्की भन्छन्–‘पाल्पा घर भइ हाल लेकसाइड बस्दै आएका सिंजालीको हत्या छुरी प्रहारबाट भएको देखिन्छ ।’ जिल्ला प्रहरी प्रमुम एसपी ओम रानाले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित