तीन बच्चा जन्माए विहे गरेपछि लिएको २६ लाख ऋण मिनाहा

victor

   काठमाडौं । विश्वका अधिकांश मुलुकमा जनसंख्या बृद्धि भई त्यसलाई रोक्न रोक्न विभिन्न उपायहरु खोजिरहेका बेला हंगेरीले भने तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने घोषणा गरेको छ ।

हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले आप्रवासी जनताको परनिर्भरता घटाउन र देशको भविष्य जोगाउन भन्दै यस्तो घोषणा गरेका हुन् । हंगेरीको जनसंख्या हरेक वर्ष ३२ हजारको दरले घटेको छ र युरोपेली संघको तुलनामा यहाँका महिलाहरुको बच्चाको औसत संख्या कम छ ।

देशमा बच्चाहरुको जन्मदर बढाउने योजनाको घोषणा गर्दै प्रधानमन्त्री भिक्टर अर्बनले नवविवाहित दम्पत्तिलाई बिनाब्याज २६ लाख रुपैयाँसम्मको ऋण दिने र उनीहरुका तीनवटा बच्चा जन्मिनासाथ ऋण मिनाहा गरिदिने बताएको बीबीसीले जनाएको छ ।

यसैबीच प्रधानमन्त्रीले यस कुराको घोषणा गरिरहेको बेला राजधानी बुडापेस्टमा यसविरुद्ध आक्रोश देखिएको थियो । उनको कार्यालय अगाडि करिब दुई हजार प्रदर्शनकारी भेला भएर घोषणा फिर्ता लिन माग गरिरहेका थिए । राजधानीको अन्य क्षेत्रमा पनि यसविरुद्ध आन्दोलन भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित