९५ जना प्रहरी निरीक्षक दिक्षीत

police 1

   काठमाडौं । नेपाल प्रहरीका ८३ जना पुरुष र १२ जना महिला गरी कुल ९५ जना प्रहरी निरीक्षकमा दिक्षीत भएका छन् । प्रहरीको १७८औं दीक्षान्त समारोहको अवसरमा मंगलबार प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित कार्यक्रममा उनीहरु दिक्षीत भएका हुन् ।

police 2

कार्यक्रममा प्रधानमन्त्री ओलीले कवाज निरीक्षण गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गरेका थिए। पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूमा तालिममा प्रथम कमल क्षेत्री, द्वितिया कुशराम कार्की, तृतिया विष्णुबहादुर बस्नेत, अध्ययनतर्फ प्रथम कमल क्षेत्री, कवाज प्रथम सुशील थापा, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रदीप सुवेदी, चाँदमारी प्रथम शेखर कुमार साह रहेका छन्।

IGP sarbendra khanal

प्रतिक्रिया

सम्बन्धित