अष्ट्रेलिया पठाइदिन्छु भन्दै एक करोड २५ लाख ठगी गर्ने मलेशियन नागरिक पक्राउ

काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि ऋण नै गरेर भएपनि नेपाली विद्यार्थीहरु विदेश गइरहेका छन् । त्यसमाथि पनि उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको छ अष्ट्रेलिया । पढाईसँगसँगै उज्ज्वल भविश्यको खोजिमा भौतारिरहेका विद्यार्थीहको जीवनमाथि नै खेलवाड गर्ने अपराधीहरुलाई कानुनी दायरामा ल्याउनै पर्छ । त्यसमाथि पनि विदेशी नै नेपाल आएर नेपाली विद्यार्थीहरुलाई ठगि गर्नेलाई हदैसम्मको कारवाही हुनुपर्छ । प्रसंग हो, एफपि एजुकेशन कन्सलटेन्सीको । एफपीका सञ्चालक चन्टी लामाले विदेशी नागरिकले आफूहरुलाई ठगी गरेको भन्ने निवेदन अपराध महाशाखामा दिएपछि घटना बाहिर आएको हो । सञ्चालक लामा लगायत ११ जना विद्यार्थीलाई सहभागी गराई सेमिनार नै आयोजना गरेर आइइएलटिस विनै अष्ट्रेलिया पठाइदिन्छु भन्दै तीन जना विदेशी नागरिकले पटक–पटक गरी एक करोड २५ लाख रुपैयाँ ठगि गरेका हुन् । महाशाखाको अनुसन्धानपछि ठगीमा संलग्न तीन जनामध्ये मलेशियन नागरिक रामादास बास्कारादासलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । यसरी गरेका थिए ठगि दुई जना मलेसियन र एक जना अष्ट्रेलियन नागरिकले गत माघ १४ गते चावहिलस्थित मेडिसन होटल टे«निङ सेन्टरमा आई विभिन्न कन्सलटेन्सी तथा विद्यार्थीहरुलाई सहभागी गराएर सेमिनारको आयोजना गरी अष्ट्रेलियामा आफ्नै नाममा रहेको फ्युचर कलेजमा एकेडेमी आइइएलटिएस विना नै अध्ययन गर्न पठाइदिने भन्दै ठगि गरेका थिए । हप्तामा ६ दिन अन्य काम गर्दा हुने, कामको पुरै ग्यारेन्टी जस्ता लोभ देखाएर विद्यार्थी तथा कन्सलटेन्सीलाई विश्वावासमा लिई प्रत्येक विद्यार्थीको नेपाल स्थित बैंक खाताबाट अष्ट्रेलियान नागरिक रविन्द्रको खाता नं. ०१६४९९ मा रकम हाल्न लगाई अष्ट्रेलियाबाट झुठो कागजात तयार पारी ईमेलबाट सम्बन्धित विधार्थी तथा कन्सलटेन्सीलाई पठाईएको अनुसन्धानबाट खुलेको छ । महाशाखाले ठगी गर्नेमध्येका रामदास भदौ २१ गते नेपाल आएको सूचना पाएपछि २२ गते नै प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित