राजपालाई रोक्न प्रचण्ड–यादव सक्रिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्त बुझाउन छाडेका छन् । ओलीबाट हुने व्यवहार र शैलीको दाहालले आफ्नै तरिकाले जवाफ दिन थालेका छन् । बुधबार जनयुद्ध दिवसको अवसरमा आफ्नै पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित भएनन् ।
तर, दाहालले भने प्रधानमन्त्री ओली कार्य व्यस्तताका कारण आउन नपाएको जनाए पनि भित्रभित्रै भने उनी क्रुद्ध बनेका थिए । जनयुद्ध दिवस तत्कालै घोषणा गरिएको कार्यक्रम होइन् ।
अर्कोतिर सरकार बनाउने बेला राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले ओलीलाई साथ दिएको थियो । ओलीले राजपालाई गुन तिर्न खोजेका छन् ।
राजपालाई सरकारमा सहभागी गराएर ओलीले सरकार बिस्तारको तयारी गरे पनि दाहालले अस्वीकार गरेका छन् । दाहालले अस्वीकार गरेपछि राजपालाई सरकारमा सहभागी गराउने ओलीको योजना तत्कालका लागि तुहिएको छ । राजपाले ओलीसँग तीन वटा मन्त्रालयको माग गरेको छ । राजपाले स्वास्थ्य, पर्यटन र एउटा जुन कुनै भए पनि हुने जनाएको छ । ओली पनि राजपालाई स्वास्थ्य र पर्यटन मन्त्रालय दिन तयार छन् । तर, राजपाले नेताहरूलाई व्यवस्थापन गर्न तीन वटा मन्त्रालय चाहिने जनाउँदै आएको छ ।
मन्त्रालयमा कुरा नमिलिरहेका बेला ओलीको प्रस्तावलाई दाहालले अस्वीकार गरेपछि तत्काल क्याबिनेट बिस्तारको कुरा रोकिएको छ । राजपाका नेता राजेन्द्र महतोले केही दिन अगाडि ओलीसँग बालुवाटारमा गोप्य रुपमा भेटेर सरकारमा सहभागी हुने विषयमा कुराकानी गरेका थिए । ओली र महतोबीच कुरा मिलेको छ ।
तर, दाहालले बीचमा नमान्दा समस्या भएको स्रोतले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय राजपाले पायो भने राजेन्द्र महतोलाई मन्त्री बनाउने योजना ओलीको छ । उपेन्द्र यादवलाई परराष्ट्रमा लैजाने तथा प्रदीप ज्ञवालीलाई पर्यटन, भौतिक वा सञ्चारमध्ये एउटा मन्त्रालय दिने योजना ओलीको छ । रविन्द्र अधिकारी र गोकुल बास्कोटालाई ओलीले बिदा गर्ने योजना बनाएको स्रोतको भनाइ छ । यद्यपि, गोकुल बास्कोटाले मन्त्री पद छाड्न नमाने प्रधानमन्त्रीको कार्यालय हेर्ने गरेर मन्त्री बनाइनेछ ।
राजपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउन पर्यटन मन्त्रालय माग गरेको छ । अर्को कुनै एउटा मन्त्रालय पाएमा राजकिशोर यादवलाई मन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ । राजपाप्रति दाहाल र उपेन्द्र यादव बाधक बनिरहेका छन् । राजपा पनि सरकारमा सहभागी भयो भने ओली झन् सानका साथ काम गर्न पाउनेछन् । ओली बलियो भएको कुरा दाहाललाई मन परेको छैन । सोही कारण पनि राजपालाई रोक्न दाहाल र उपेन्द्र यादव सक्रिय भएको स्रोतले जनाएको छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_V5XndIZWCr_wjhbbhfqwtcibgefhsxy9c57amur376hb3juc02egwd3sevenednlip9slka.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_i23WqiVuWU_xvmtlgd2hu7jc6n8wiyaf07hwgma0xujqnckriymdmxauwooqgsfih1yimav.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_bkU3oXviSm_t4eeomftyt0odxyv1hq75cef5idjpkjaie46fnmf01zx0f6u2q41gnbsh68d.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_6zwscFuTh6_qljrcl7qlrd6gdhrdvkeb4yp4aiyy8o87bl8s5ufil71raxxk6buikxb4orr.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_LCVsRpFDPU_llw2qft28lwk2i5tiiohwjn55cusmaighela6aya6kqyjnerxveecxbwlq4x.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_ZPRAS1EOA1_pr9a6ghf5ixkqhyy3pxs7j1twvtrpgbilaj8hidz2yu7ba8fv171rd4euebt.jpg)
प्रतिक्रिया