न्याम्समा तत्काल पदाधिकारी नियुक्तिको माग गर्दै कर्मचारी यूनीयनद्धारा वीरमा धर्ना

bir 1

  काठमाडौं । मुलककै सबैभन्दा जेठो अस्पताल वीर अस्पतालमा फेरि पनि धर्ना र आन्दोलनका कार्यक्रम शुरु भएका छन् । कहिले डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न भन्दै त कहिले विभिन्न वहानामा चिकित्सकहरु नै धर्ना र आन्दोलनमा उत्रिदा गरिव र निमुखा जनताहरुले भने समयमै स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

तर, अहिले भने वीर अस्पतालमा फरक किसिमको आन्दोलन भएको छ । अहिले पदाधिकारीहरु नियुक्त नहुँदा दैनिक कार्य सञ्चालनमा समेत अप्ठेरो परेको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आधिकारिक कर्मचारी यूनियनले सरकारको ध्यानाकर्षण गराउन आन्दोलन गरेको हो ।

कर्मचारी यूनीयनले २०७५ माघ २९ गते प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा  ओलि तथा सहकुलपति एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी प्रतिष्ठानमा १९० दिन देखि पदाधिकारी बिहीन भएको ले दैनिक कार्य सञ्चालनमा समेत असहजता पैदा भएको भन्दै तत्काल पदाधिकारी नियुक्ति गर्ने माग गरेको छ ।

bir

यूनीयनले पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५० प्रतिशत पदाधिकारी नियुक्ति हुनु पर्ने पनी माग गरेको छ । बुधबारबाट अस्पताल प्रांगणमा आफ्ना मागहरू राखि स्वास्थ्य सेवा लिन आउने विरामीहरुलाई अप्ठेरो नपर्ने गरी १ देखि २ बजेको खाजा खाने समयमा धर्ना कार्यक्रम शुरु गरेको हो । यूनियन का सचिव दीपक मुडभरीले भने–‘हामीले विरामीहरुलाई अप्ठेरो नपर्ने गरी सरकारको ध्यानाकर्षणका लागि धर्ना कार्यक्रमको आयोजना गरेका हौं । आफ्नो माग पूरा नहुँदासम्म धर्ना कार्यक्रम जारी रहन्छ ।’

प्रतिक्रिया

सम्बन्धित