प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्ने

kp in sansad

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको एक वर्ष पुगेको उपलक्ष्यमा उनले देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन् । उनले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । गत वर्ष फागुन ३ गते ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित