१८ किलो सुनसहित २ जना पक्राउ

18 kg gold

    काठमाडौं । प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।

प्रहरीले पक्राउ भएका दुई जनाको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालमा राखिएको छ । स्रोतका अनुसार कैलालीका एसपी तिम्सिनासँगै सीआइबीका एसपी सुदिप गिरि, अपराध महाशाखाका डीएसपी रुगम कुँवर र जिप्रका कञ्चनपुर मातहतको संयुक्त टोलिले सुन बरामद गरेको हो । एसपी गिरि र डीएसपी कुवर निर्मला पन्त हत्याकाण्डको अनुसन्धानका लागि केही हप्तादेखि कञ्चनपुर खटिएका थिए।

प्रतिक्रिया

सम्बन्धित