युवा संघको दबाबमा पशुपति शर्माले गीत हटाए, सामाजिक सन्जालमा गीत भाईरल

lutnasake

 काठमाडौं । राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ युट्यूबबाट हटाएका छन् ।गायक शर्माले सत्ता रुढ दल निकट युवा संघको दबाबमा गीत हटाएका हुन् ।

 गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । शब्द, संगीत र स्वर गायक शर्मामा आफ्नै रहेको गीतमा देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै कडा रुपमा प्रस्तुत गरेको थिए ।

 व्यंग्यात्मक शैलीमा गीत बनाउन खोजे पनि उनको गीतमा प्रयोग भएका केहि शब्द सिधै आक्रमक छ । जसले कुनै राजनीतिक दल र संस्थालाई रुष्ट बनाएको देखिन्छ । शर्माको गीतमा सरकारलाई यमराज र राजनीतिक दलका कार्यकर्तालाई कुकुर भनेर सिधै सम्बोधन गरिएको छ । शुक्रबार रिजिल भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित