नेविसंघमा गुटका बफादारलाई संयोजक बनाउन नेताहरुको दबाब

gut

 काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ अध्यक्षबाट नैनसिंह महरले राजीनामा दिएपछि पार्टीले तदर्थ समिति बनाउने तयारी गरेको छ । महरको राजीनामापछि तदर्थ समितिको संयोजक कसलाई बनाउने भन्नेमा पार्टी नेताहरूबीच तँछाडमछाड छ । गुटका बफादारलाई  संयोजक बनाउन नेताहरुको दबाब बढेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोज आचार्यको संयोजकत्वमा समिति बनाउन जोड गरेका छन् ।

उपसभापति विमलेन्द्र निधि निवर्तमान कार्यसमितिका महामन्त्री सरोज थापालाई संयोजक तोक्ने पक्षमा छन् । संस्थापन पक्षकै बालकृष्ण खाँणले प्रकाश घिमिरे र सहमहामन्त्री प्रकाशरण महतले प्रेमराज जोशीलाई संयोजक बनाउन दबाब दिइरहेका छन् ।

३२ वर्ष उमेरहद लगाउने कि नलगाउने भन्नेमा पार्टीभित्रै विवाद छ । धेरैजसो नेता १२ औं महाधिवेशनबाट मात्रै विधान कार्यान्वयनमा आउने भएकाले अहिल्यै उमेरहद लगाउन नहुने पक्षमा छन् ।केहीले भने महिलालाई संयोजक बनाउन लबिङ गरेका छन् । युवा नेता गगन थापा र प्रदिप पौडेल भने कुन्दन काफ्ले वा रामप्रसाद अधिकारीलाई सँयोजक बनाउने पक्षमा छन् । 

प्रतिक्रिया

सम्बन्धित