गोल्डक्वेस्ट,युनिटी र हर्बोपछि ग्र्याभिटी करेन्सीका नाममा १५ करोडभन्दा बढी ठगि

काठमाडौं । डेढ दशकअघि गोल्डक्वेस्टको नाममा सुनको सिक्का बेच्ने नेटवर्किङ बिजनेसको जगजगी भयो, सुनको लेप भएको एक तोलाको सुनको सिक्का किनेर दशौँ हजारले करोडौँ डुबाएपछि मात्र पुष्टि भयो, यो त ठगी धन्दा हो ।

 त्यहीवरिपरि आएको युनिटी र हर्बोले नेटवर्किङ बिजनेसका नाममा एक दशकसम्म राजधानीमै भव्य कार्यालय नै सञ्चालन गरेर दशौँ हजार नेपालीबाट करोडौँ रुपैयाँ ठगे । पत्रपत्रिकामा समाचार आउँदासमेत सदस्यहरूले सञ्चालकहरूलाई विश्वास गरिरहेका थिए । तिनका सञ्चालकको भागाभाग भएपछि सदस्यहरूले हामी त ठगिएछौँ भनेर थाहा पाए ।

 अब अहिले आएको त ग्र्याभिटी क्वाइन । त्यसको न सिक्का छ, न कार्यालय नै । न नेपाल सरकारमा दर्ता छ न विश्वकै कुनै कुनामा । डलरको भाउमा नेपाली पैसा बुझाएपछि विक्रेताले क्वाइन दिन्छन्, तर हातमा होइन, तस्बिरका रूपमा इन्टरनेटमा । युजर नेम र पासवर्डका आधारमा क्रेताले आफ्नो सिक्का इन्टरनेटमा हेर्छ, दंग पर्छ र अरूलाई पनि सिफारिस गरेर त्यस्तै सिक्का किन्न लगाउ“छ । नयाँ पत्रीकामा खबर छ । क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा)का रूपमा भइरहेको यो ठगीमा अहिलेसम्म राज्यको ध्यान गएको छैन । त्यसैले सञ्चालकहरूले उनीहरूकै भाषामा १५ सयभन्दा बढी सर्वसाधारणबाट १५ करोडभन्दा बढी ठगिसकेका छन् । आफू नेपाल सरकार र राष्ट्र बैंकको नियमभन्दा बाहिर रहेकाले अझै धेरै कारोबार गर्ने उनीहरूकै दाबी छ ।

 दाङका रूपेश दाहाललाई एक नजिकको साथीले बिट क्वाइनजस्तै ग्र्याभिटी क्वाइनमा लगानी गर्न सुझाब दिए । सुरुमा उनलाई विश्वास लागेन । तर, बिट क्वाइनको मूल्य रातारात बढेको र यो पनि त्यस्तै मुद्रा भएको विश्वास दिलाए, रूपेश लगानी गर्न तयार भए । उनले ६२ हजार रुपैयाँ तिरेर ५२५० क्वाइन किने । त्यति पैसा लगानी गरेबापत उनले युजर नेम र पासवर्ड प्राप्त गरे । लगानी गरेको अन्य केही प्रमाण उनीसँग छैन । तर, जब ग्र्याभिटी क्वाइन नक्कली रहेको र उनी ठगिएको थाहा पाए । उनले भने, ‘यी मान्छेहरू ठग हुन् कि भन्ने त मलाई पहिल्यै लागेको थियो ।’यसरी नक्कली ग्र्याभिटी क्वाइनबाट ठगिने रूपेश मात्रै होइनन् । नेपालमा नक्कली क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) निर्माण गरी संगठित रूपमै ठगी भइरहेको छ । पछिल्लो समय विश्वमा प्रचलन बढिरहेको ‘बिट क्वाइन’लाई देखाएर त्यस्तै नक्कली क्रिप्टोकरेन्सी बनाई केही व्यक्तिले ठगी गरिरहेका हुन् ।

 ठगहरूले ‘ग्र्याभिटी क्वाइन’ नामको भर्चुअल करेन्सी बनाएर बिक्री गरी ठगी गरिरहेको पत्ता लागेको हो । ग्र्याभिटी क्वाइन नेपाल राष्ट्र बैंक र नेपाल सरकारभन्दा पनि माथि रहेको गफ दिएर ठगहरूले सहरका पढे–लेखेकै मानिसलाई ठगी गरिरहेका छन् ।यसअघि नेटवर्क मार्केटिङका माध्यमबाट ठगी गर्दै आएको हर्बो इन्टरनेसनल प्रालिमा काम गरेका केही व्यक्तिले नै ग्र्याभिटी क्वाइनमार्फत ठगी गरिरहेका हुन् । उनीहरूले सर्वसाधारणसँग कम्तीमा १५ करोड रुपैयाँ ठगी गरेको अनुमान छ । ‘बिट क्वाइन’ कम्प्युटरको प्रोग्रामिङका माध्यमबाट बनाइने भर्चुअल मुद्रा हो । यसको प्रयोग अहिले संसारका विकसित मुलुकमा भौतिक मुद्राको विकल्पका रूपमा बढ्दै गएको छ । नेपालमा ‘ग्र्याभिटी क्वाइन’ बिक्री गरी ठग्नेले सर्वसाधारणसँग बिट क्वाइनको व्याख्या गर्ने तथा यो पनि त्यस्तै अर्को करेन्सी हो भनेर आफ्नो नक्कली मुद्रा बेच्ने गरेका छन् । ठगहरूले न्यूनतम सय डलरदेखि, २००, ५००, २५०० र १५ हजार डलरको प्याकेजमा ग्र्याभिटी क्वाइन बिक्री गर्ने गरेका छन् । विश्वमा बिट क्वाइनजस्तै क्रिप्टोकरेन्सीको संख्या सयौँको संख्यामा छ ।

  ती करेन्सीको मूल्य अन्तर्राष्ट्रिय क्रिप्टोकरेन्सी बजारमा भएको माग र आपूर्तिका आधारमा तय हुने गर्छ । तर, यो ग्र्याभिटी क्वाइन अन्तर्राष्ट्रिय व्यापारमा गएकै छैन । तर पनि यसको वेबसाइटमा दिनमा पटक–पटक मूल्य तलमाथि भएको देखाइन्छ, जुन शतप्रतिशत झुट हो । ग्र्याभिटी क्वाइन सुरुमा बिक्री गर्दा प्रतिक्वाइन मूल्य १० सेन्ट रहेकोमा अहिले ४४ देखि ५० सेन्टका बीचमा रहेको छ । आइतबार राति ग्राभिटी क्वाइनको मूल्य शून्य दशमलव ४३२ सेन्ट ९नेपाली ४४ रुपैयाँ० रहेको छ ।ठगहरूले हालसम्म नेपाल तथा विदेशमा भएका नेपालीबाट १५ करोडभन्दा धेरै रकम असुलिसकेको उनीहरूकै भनाइबाट पुष्टि हुन्छ ।

  ग्र्याभिटी क्यासका मार्केटिङ प्रमुख जिपी पौडेलका अनुसार उनीहरूले हालसम्म विभिन्न प्याकेजमा गरेर १५ सयभन्दा धेरैलाई ग्राहक बनाइसकेका छन् । यिनीहरूले न्यूनतम २०० डलरको र मध्यम २५०० डलरको प्याकेजमा धेरै कारोबार गर्ने गरेका छन् । औसत हजार डलरका दरले १५ सय मानिससँग पैसा उठाउँदा १५ करोड रुपैयाँ हुन आउँछ ।कुल ३ करोड ६० लाख ग्र्याभिटी क्वाइन माइनिङ हुने र त्यसमध्ये १ करोड ८० लाख माइनिङ भइसकेको पौडेलले जनाए । तर, ग्र्याभिटी क्वाइनकै मार्केटिङ गरिरहेका माधव खनाल भने जम्मा ३२ लाख क्वाइन माइन हुने बताउँछन् । यसरी कति क्वाइन माइन हुन्छ भन्नेबारेमा फरक व्यक्तिले फरक–फरक बताउने गरेका छन् । यसको कारोबारमा नेपालमा रहेका धेरै र केही विदेशमा रहेका नेपाली पनि रहेको उनीहरू नै बताउँछन् ।

किन नक्कली हो ग्र्याभिटी क्वाइन ?

ग्र्याभिटी क्वाइन नेपाली सफ्टवेयर इन्जिनियरले कम्प्युटर प्रोग्रामिङ गरेर बनाएको नक्कली क्रिप्टोकरेन्सी हो । ग्र्याभिटी क्वाइनको वेबसाइटमा यो क्वाइनको विकास निकेल भिन्सेन्टले गरेको उल्लेख छ । तर, निकेल भिन्सेन्ट भन्ने कुनै व्यक्ति नै छैनन् । ती व्यक्ति नेपाली सफ्टवेयर इन्जिनियर कृष्ण झा भएको स्रोतको भनाइ छ । उनी काठमाडौंको बानेश्वरमा रहेको इप्लानेट सफ्टवेयर कम्पनीसँग आबद्ध छन् । निकेल कृष्णको ‘निकनेम’ हो । उनले आफ्नो निकनेममा भिन्सेन्ट काल्पनिक थर राखेर आफूलाई सो क्वाइनको विकासकर्ताका रूपमा प्रस्तुत गरेका छन् । इप्लानेटको मुख्य कार्यालय मलेसियामा छ भने नेपाल र भारतको नयाँदिल्लीमा शाखा कार्यालय छन् ।ग्र्याभिटी क्वाइनसँग सम्बन्धित तीनवटा वेबसाइट छन् ।  तीमध्ये अन्तिमको युजर लगइन वेबसाइट हो, जसमा यसको निर्माण इप्लानेटले गरेको उल्लेख छ । तर, नचबखष्तथपयष्ल।आफ्नो लगइन साइट भएको भन्ने पौडेलले आफूलाई इप्लानेट र कृष्ण झाबारे केही जानकारी नभएको बताए । कतिसम्म भने शनिबार मात्रै ग्र्याभिटी क्वाइनको नयाँ वेबसाइट नचबखष्तथअबकज।यचन आएको र पुरानो साइट नचबखष्तथअबकज।अयm कुनै पनि वेला बन्द हुन सक्ने उनले बताए ।क्रिप्टोकरेन्सी सामान्यतया तीन प्रकारका हुन्छन्– प्रुफ अफ स्टेक ९पिओएस०, प्रुफ अफ वर्क ९पिओडब्लू० र हाइब्रिड । पिओएस क्रिप्टोकरेन्सीहरू जति परिमाणमा माइन हुने हो, पहिल्यै माइन भइसकेको हुन्छ । पिओडब्लू करेन्सीहरू माइन हुने परिमाण निश्चित समयसम्म माइन भइरहन्छ भन्ने गरिन्छ । हाइब्रिड करेन्सीचाहिँ केही परिमाण माइन भइसकेको हुन्छ, बाँँकी माइन भइरहेको हुन्छ । ग्र्याभिटी क्वाइनको वेबसाइटमा यो कस्तो करेन्सी हो स्पष्ट छैन । क्रिप्टो एजुकेसन शीर्षकमा पिओडब्लूका विषयमा जानकारी दिइएको छ, जसले यो क्वाइन पनि त्यही प्रकृतिको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, क्वाइनको मार्केटिङ गर्नेमध्येका एक पौडेल १ करोड ८० लाख क्वाइनहरू माइन भइसकेको बताउँछन् । तर, यो क्वाइन पिओएस वा पिओडब्लू के हो भन्ने विषयमा उनले बताउन सकेनन् । यसले पनि यो क्वाइन फेक रहेको प्रमाणित गर्छ ।

नक्कली अफिस

ग्र्याभिटी क्वाइनको आधिकारिक वेबसाइट भनिएको ग्र्याभिटीक्यासडटकमका अनुसार यसको अफिस एभेन्यु सुइट– १५०० न्युयोर्क १०००१, अमेरिकामा छ । तर, यो ठेगानामा ग्र्याभिटी क्वाइनको होइन, एस्क्ट्रिम ग्लोबल युएसएको कार्यालय छ । यो कम्पनीलाई हामीले ‘तपाईंहरू ग्र्याभिटी क्वाइनसँग सम्बन्धित हो ?’ भनी सोध्दा उनीहरूले आफूहरूलाई यो क्वाइनबारे जानकारी नभएको जानकारी दिए । एक्स्ट्रिम ग्लोबलसँगको सम्पर्कमा उसले यो एक इकमर्स कम्पनी भएको पनि जानकारी दियो । सो कार्यालय नक्कली भएको सन्दर्भमा पौडेललाई सोध्दा उनले आफूलाई यसबारेमा केही जानकारी नभएको बताए ।

के हो बिटक्वाइन ?

अहिले संसारको सबैभन्दा बलियो वा मूल्यवान मुद्रा कुवेती दिनार हो । १ कुवेती दिनारको ३।२७ अमेरिकी डलर विनिमयदर छ । तर, संसारमा यस्तो अर्को मुद्रा पनि छ, जसको १ युनिटबराबर ४ हजार १ सय ९३ दशमलव २७ डलर विनिमयदर छ । त्यो हो– बिटक्वाइन । र, यो यस्तो मुद्रा हो, जसको प्रयोगमा व्यापकता आउँदा भौतिक मुद्राहरू विस्थापन हुन सक्ने मौद्रिक अर्थशास्त्रीहरू बताउँछन् । इतिहासमा वस्तु विनिमय (बार्टर0 प्रणालीलाई सुनको प्रयोगले विस्थापन गरेको थियो । भौतिक मुद्राको थालनी भएपछि वस्तु विनिमय प्रणाली पूर्ण रूपमा विस्थापन भयो, खरिद–बिक्रीमा सुनको प्रयोग पनि अन्त्य भयो । अब संसारभरिका मानिसहरूको जीवनको अभिन्न अंग बनिसकेको भौतिक मुद्रालाई चुनौती दिन विद्युतीय मुद्रा ९डिजिटल करेन्सी० को प्रयोगले व्यापकता पाउन थालेको छ । र, यसको प्रयोग बढ्दै जाँदा हाल प्रचलनमा रहेका मुद्रा नै विस्थापन हुन सक्नेमा विश्वभरका सरकार र केन्द्रीय बैंकहरू चिन्तित छन् ।

को हुन् ठग ?

नेपालमा ग्र्याभिटी क्वाइनको मार्केटिङ ज्ञानप्रसाद (जिपी) पौडेलले गर्दै आएका छन् । नेटवर्क मार्केटिङ कम्पनी हर्बो इन्टरनेसनलमा काम गरेका पौडेलले हर्बो बन्द भएपछि समाज सहकारीको प्रबन्धक भएर पनि काम गरेका छन् । त्यसबीचमा पौडेलले ग्लोबल करेन्सी रिजर्भ (जिसिआर0 नामक क्रिप्टोकरेन्सी बेचेर पनि ठगी गरेका थिए । जिसिआर आफैँ बन्द भएपछि भने आफैँले फेक करेन्सी उत्पादन गरी ठगीमा लागेका हुन् । जिपीसँगै मार्केटिङमा माधव खनाल पनि संलग्न छन् । आफूलाई गोर्खा इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक बताउने उनी पूर्वपत्रकारसमेत भएको सुनाउँछन् । जिपी र माधव दुवै हर्बोका उत्पादन हुन् ।

प्रतिक्रिया

सम्बन्धित