मेस्सीको गोलसँगै बार्सिलोना विजयी

messi

   काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा भलाडोलिडविरुद्ध कठिन जित निकालेको छ । आज बिहान भएको खेलमा बार्सिलोनाले भलाडोलिडविरुद्ध १–० को कठिन जित निकालेको हो । घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोनालाई विजय बनाउन कप्तान लियोनल मेस्सीले गरेको गोल निर्णायक बन्यो ।

पहिलो हाफ सकिन २ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीलाई मेस्सीले सदुपयोग गरेका थिए । दोस्रो हाफमा आक्रामक खेलेपनि बार्सिलोनाले गोल गर्न सकेन । भलाडोलिडले बराबरीको अवसर पाएपनि सदुपयोग गर्न सकेन । जितपछि बार्सिलोना २४ खेलबाट ५४ अंकसहित शिर्ष स्थानमा छ । जुन दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड भन्दा ७ अंक बढी हो । पराजित भलाडोलिड २४ खेलबाट २६ अंकसहित १५ औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित