पाँच दर्जन पुर्याउने भए देउवाले मन्त्रीको संख्या, ४ जना थपिदै

काठमाडौं : पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट चार मन्त्री थप गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्मकै सबैभन्दा ठूलो मन्त्रीमण्डल बनाउने भएका छन् । आइतबार बसेको संसदीय दलको वैठकले गरेको निर्णयअनुसार राप्रपा प्रजातान्त्रिकबाट चार जना मन्त्री हुने भएका हुन् । राप्रपा प्रजातान्त्रिकको संसदीय दलका नेता दीपक बोहोरा विज्ञान तथा प्रविधि मन्त्री, सुनील थापा उद्योग मन्त्री, विक्रम पाण्डे वन मन्त्री बन्ने भएका हुन् । त्यसैगरी प्रजातान्त्रीकका नेता रमेश लामालाई पनि उद्योग राज्यमन्त्री बनाइने भएको छ । सबैको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको र सोमबार बिहान ११ बजे शपथ कार्यक्रम रहेको बताइएको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर राप्रपा प्रजातान्त्रिक बनेपछि पहिलो पटक सरकारमा जान लागेको हो। यो सँगै प्रधानमन्त्री देउवाको मन्त्री मण्डल ५४ सदस्यीय हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित