जन्मदिनमा बिद्यालयलाई गमला तथा बिरुवा दिन्छन् भीम मावि दोलखाका विद्यार्थी

Flower :School

दोलखा  ।

भीम बाल क्लब, बिद्यालको स्काउट र शिक्षकको सहजीकरणमा जन्मदिनको अवसरमा विद्यार्थीद्वारा विद्यालयलाई गमला तथा बिरुवा प्रदान गरिदै आएको छ । चकलेट बाँडेर तथा केक काटेर होईन सिर्जनात्मक कार्य गरेर जन्म दिन मनाउने भीम माविले प्रचलन नै स्थापित गरी जन्मदिन फुलबारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरू चकलेट र केकका लागि हुने खर्च कटाउदै विद्यालयमा फुलबारी निमार्ण गर्न गमला उपहार प्रदान गर्ने कार्यले निरन्तरता पाईरहेको छ ।

जन्मदिन परेका विद्यार्थीलाई विद्यालय परिवारले माला लगाउने र प्रार्थनासभामा शुभकामना प्रदान गर्दै विद्यार्थिले गमला हस्तान्तर गरी बिद्यालयको बगैंचालाई सधैं हराभरा र सुन्दर राख्ने प्रतिवद्धाता जनाउने गरेका छन् । विद्यालय सफा राख्न तथा सौन्दर्य बढाउनका लागि बालक्लबको कार्य प्रसंशनीय रहेको छ ।

Flower School1

यस कार्यले बिद्यालयको बगैंचा, खेल मैदान, पिउने पानीका धारा र शौचालय सरसफाईका साथ अर्गानिक मल बनाई प्रयोग गर्ने ज्ञन सीपको पनि बिकास भएको बिद्यार्थिहरू बताउँछन् ।
यसै गरी सदाबाहार तथा सिजनेवल फूलहरूको बारेमा जानकारी पाउँदा फूलको बरेमा पढेर भन्दा आफैले प्रयोग गरेर धेरै सीप सिक्ने अबसर पाएको र आफ्नो जन्मदिनमा फूलरोपेर बिद्यालयमा सबै साथीहरूको सहयोगमा फूलाउँदा सबैको जन्मदिमा आफूहरू उत्साहित हुने बिद्यार्थिहरूले बताए ।

प्रतिक्रिया

सम्बन्धित