पातञ्जल योग समिति भक्तपुरद्धारा सैजुको नेतृत्वमा ईजिपायोनियर योग साधना केन्द्र गठन

Patanjal

भक्तपुर । 

पातञ्जल योग समिति भक्तपुर र ईजिपाओनियर स्कूलको संयूक्त आयोजनामा भक्तपुर नगरपालिकाको ईजिपायोनियर स्कूलको प्राङ्गण भित्र सञ्चालित ७ दिने निःशुल्क योग विज्ञान शिविरको समापन गर्दै सुचिता सैजुको नेतृत्वमा ५ सदस्यीय ईजिपायोनियर योग साधना केन्द्र व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ । साधना केन्द्र व्यवस्थापनका अन्य सदस्यहरुमा पारसमनि खतिवडा,रोजिना हाकुदुवाल,अस्मिता बाईजु,सेफिना सिल्पाकार रहेका छन् ।

सुर्यविनायक नगरपालिकाका प्रमुख जुना वस्नेतले पातञ्जल योग समिति नेपालले राष्ट्रिय स्वाधीनतालाई सर्वोपरि राखेर देशव्यापी रुपमा थालनी गरेको योगजागरण अभियानको उच्च प्रशँसा गर्दै यस अभियानमा स्थानीय सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रमकै विच योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले नेपाल वैदिक र पौराणिक कालदेखिनै पूर्वीय दर्शन,धर्मपरम्परा,संस्कार र सँस्कृतिद्धारा ओतप्रोत र निर्देशित भएको उल्लेख गर्दै देवपरम्परा,ऋषिपरम्परा र वैदिक संस्कृतिद्धारा सिचिंत यो तपोभूमिमा उक्त परम्परा र सँस्कृतिलाई जिवन्त राख्न विभिन्न कालखण्डमा योगदान गर्नुभएका गुरु दत्तात्रय,गुरु गोरखनाथ,गुरु मच्छेन्द्रनाथ,भगवान गौतम बुद्ध लगायतको योगदानलाई कसैले पनि भुल्न नहुने विषयमा आफ्नो प्रष्ट धारणा राख्नु भएको थियो ।

पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले पातञ्जल योग समिति नेपाल आफ्नो ऋषिकालीन परम्परा र मौलिकतालाई बचाउदै आफ्नो भाषा,राम्रो संस्कार,संस्कृत र मूल्य मान्यतालाई कायम राख्दै अगाडि बढिरहेकोले यस महानअभियानमा सरिक हुन देशभरका सम्पुर्ण योग प्रेमीजनहरु समक्ष आहवान गर्नु भएको छ । त्यसैगरि कार्यक्रमका विच पातञ्जल योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष राजभक्त श्रेष्ठ,केन्द्रिय सदस्य योग प्रसाद आचार्य,केन्द्रिय सदस्य राममणी न्यौपाने,केन्द्रिय सदस्य दिपक प्रसाद नेपाल,केन्द्रिय सदस्य शुसिला श्रेष्ठ,केन्द्रिय सदस्य दुर्गा पन्त,ओशोयशोधारा भक्तपुरका प्रमुख रवि भारति,पायोनियर स्कुलका सञ्चालक विजेन्द्र ध्वजु,पातञ्जल भक्तपुर जिल्ला सह–सचिव श्रृजना मल्ल ठकुरी,जिल्ला सदस्य निर्जना उदास,जिल्ला सदस्य शुरेस थापा,जिल्ला सदस्य रन्जिता न्यौपाने,जिल्ला सदस्य उमेशमान मधिकर्मी लगायतका वक्ताहरुले वर्तमान समयमा योगको महत्वको विषयमा चर्चा गर्नु भएको थियो ।

त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नवराज काफ्लेले योग साधना केन्द्र स्थापना गरि नियमित सञ्चालनको निमित्त ठाँउ उपलब्ध गराउनु हुने ईजिपायोनियर स्कूलका सञ्चालक विजेन्द्र ध्वजु लगायत सम्पुर्ण विद्यालय परिवार प्रति हार्दिक आभार प्रकट गर्दै सर्वसम्मत चयन भएको साधना केन्द्र व्यवस्थापन समितिलाई बधाइ एवं शुभकामना व्यक्त गर्नु भएको छ,साथै महासचिव काफ्लेले समाज र राष्ट्रलाई समृद्ध बनाउने अभियानमा पवित्र उद्धेश्य लिएर स्थापना भएका हरेक सामाजिक संघ–संस्थाहरु सँग समन्वय र सहकार्य गर्दै अघि बढिने उदघोष समेत गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित