आर्मीका रिमाललाई पोखरा म्याराथन उपाधि

marathon (1)

 विजय नेपाल, पोखरा। १३ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५ को उपाधि नेपाल आर्मीका हरिप्रसाद रिमालले जितेका छन् ।

 निकट प्रतिष्पर्धीलाई मात्र १० माइक्रोसेकण्डले पछि पार्दै रिमालले २ घण्टा ४० मिनेट १० माइक्रोसेकेण्डमा दुरी पूरा गरी प्रथम हुन सफल भएका हुन् । उनले नगद १ लाख रुपैयाँ र मेडल हात पारे।

दोस्रो, तेस्रो र सान्त्वना उपाधि क्रमशः एपीएफ, नेपाल पुलिस र आर्मीले बाँडेर लिएका छन् ।

 २ घण्टा ४० मिनेट २० माइक्रोसेकेण्डमा दुरी पूरा गरेका एपीएफका खेमबहादुर खत्रीले दोस्रो हुँदै ७० हजार रुपैयाँ सहित मेडल जिते ।
त्यस्तै, नेपाल पुलिसका भूमिराज राईले २ घण्टा ४१ मिनेट १७ सेकेण्ड र नेपाल आर्मीका पूर्ण तामाङले २ घण्टा ४२ मिनेट ५५ सेकेण्डमा दुरी पूरा गरी क्रमशः तेस्रो र सान्त्वना भए । उनीहरुले ५० हजार र ७ हजार रुपैयाँ साथमा मेडल जिते ।
म्याराथनको उपाधि चुमेका रिमाल अघिल्लो संस्करणमा उपविजेता भएका थिए । तृतीय राई अघिल्लो पालित विजेता थिए । अघिलो वर्ष अन्नपूर्ण आधार शिविरबाट भएको अन्नपूर्ण म्याराथनमा भने रिमाल उपाधि विजेता हुन् ।
१० किमी पुरुष दौडमा नेपाली सेनाले वर्चश्व जमायो । विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझी पहिलो, दोस्रो र तेस्रो भए ।
१० किमी महिला दौडमा नेपाली प्रहरीकी राजपुरा पछाईं, एपीएफकी वृन्दा श्रेष्ठ र आर्मीकी सरिता वंशी तृतीय भइन् ।

 ५ किमी छात्र–छात्रा दौडमा छात्रतर्फ शहीद स्मृतिका तुलबहादुर घर्तीमगरले उपाधि जित्दा छात्रातर्फ बेसलाइन एकेडेमीका ललिता लामिछानेले उपाधि जिते ।

  लामिछाने लगातार तेश्रो पटक विजयी भएकी हुन् ।

 पुरुष ह्वीलचियर दौडमा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र हेमबहादुर गुरुङ तृतीय भए । महिलातर्फ लक्ष्मी सुनार, अञ्जु बराल र पवित्रा विक क्रमशः प्रथम, द्वितीय र तृतीय भए । 

सा अवसरमा दृष्टिविहीन दौड समेत भयो ।
विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सांसदद्वय मोहन रेग्मी, कृष्ण थापा, सुजल डेरी प्रालि, पोखराका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, आयोजक भूपू खेलाडी मञ्च नेपाल अध्यक्ष तेज गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

 सिमसिम वर्षाबीच पनि विभिन्न इभेन्ट तथा रन फर फनमा गरी करिब ५ हजार धावक सहभागी भएको आयोजकको दाबी छ । दौडौं पोखराका लागि, दौडौं स्वास्थ्यका लागि’ भएको उक्त म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै धावकसँगै केही समय दौडेका थिए । साथमा सांसद मीना गुरुङ पनि दौडमा सहभागी थिइन् ।
पोखरा म्याराथनमार्फत माछापुच्छ«े हिमाल आरोहण खुला गर्न नागरिक दबाबका लागि माछापुछ्रे  गाउँपालिका अध्यक्षसहित ५० जना सम्मिलित टोलीसमेत सहभागी थियो ।

प्रतिक्रिया

सम्बन्धित