नेपालले किन गरे सरकारको आलोचना ?

madhav

   काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले कर्मचारीलाई काम लगाउन नसकेको भन्दै आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको कार्यक्रममा बोल्दै नेता नेपालले भने–‘सात घन्टासम्म काम नभएको गुनासो मकहाँ आएको छ । कर्मचारीमा डर हराएको मैले पाएँ । प्रशासनलाई कडाई गर्नुस् । काम समयमा नगर्नेलाई दण्डित गर्नुस्, पदको दुरुपयोग गर्नेलाई सजाय दिनुस् ।’

सरकारमा धेरै बोल्ने र कम सुन्ने समस्या देखिएको बताउँदै उनले उद्योग र अर्थ मन्त्रालयले आफ्ना कुरा नसुनेको व्यवसायीहरुको गुनासो रहेको बताए । कार्यक्रममा पूर्वर्थमन्त्री डा. रामशरण महतले सरकारको अदुरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ धकेलिएको दाबी गरेका थिए । व्यापार घाटा बढ्दै जानु, बैदेशिक लगानी भित्रन नसक्नु तथा स्वदेशमा उद्यमशीलताको विकास हुन नसक्नुले मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित