आफ्नै मान्यता विपरित राउटेहरु जागिरतिर

सुर्खेत । खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने, जंगलमा बस्ने र जागिर नखाने मान्यता बोक्दै आएका राउटेजाति यतिबेला जागिरतिर लागेका छन् । आफ्नै मान्यताविपरीत पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँचजना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन्। पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन्। सुर्खेतको लेकबेंसी नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्वमुखिया महिनबहादुरसहित अहिलेका मुखियाहरू सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) ले ‘राउटे सामाजिक कार्यकर्ता’ पदमा जागिर दिएका हो।
‘वनमा काठ काट्न पाइँदैन, जहान–छोराछोरी पाल्न जागिर त खानैपर्यो,’ नियुक्तिपत्र बुझेपछि महिनबहादुरले भने–‘यो हाम्रा लागि रहर नभएर बाध्यता हो।’ राउटे समुदाय केही वर्षअघिसम्म काठका भाँडाकुँडा बनाएर अन्नपातसँग साटेर आफ्नो गुजारा गथ्र्यो। अहिले सामुदायिक वनले उनीहरूलाई रूख काट्न बन्देज लगाएको छ। अहिले सरकार र दाताको सहयोगमा उनीहरूको गुजारा चल्ने गर्छ। ‘जागिर खाएपछि नियमित पैसा आउँछ,’ मुखिया सूर्यनारायणले भने, ‘परिवार पाल्न सजिलो हुने भएकाले जागिर गर्न थालेका हौं।’
जागिर खाएपछि राउटे अगुवाहरूले आफ्ना बालबालिकालाई औषधि खुवाउन, व्यक्तिगत सरसफाइमा लाग्न, बाल क्लब, युवा समूह गठन गर्न, कुपोषित आफ्ना बालबालिकालाई पोषणयुक्त लिटो खुवाउन, बिरामी भए वा घाइते भए औषधि उपचार गर्न सघाउनुपर्नेछ।

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_V5XndIZWCr_wjhbbhfqwtcibgefhsxy9c57amur376hb3juc02egwd3sevenednlip9slka.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_i23WqiVuWU_xvmtlgd2hu7jc6n8wiyaf07hwgma0xujqnckriymdmxauwooqgsfih1yimav.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_bkU3oXviSm_t4eeomftyt0odxyv1hq75cef5idjpkjaie46fnmf01zx0f6u2q41gnbsh68d.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_6zwscFuTh6_qljrcl7qlrd6gdhrdvkeb4yp4aiyy8o87bl8s5ufil71raxxk6buikxb4orr.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_LCVsRpFDPU_llw2qft28lwk2i5tiiohwjn55cusmaighela6aya6kqyjnerxveecxbwlq4x.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_ZPRAS1EOA1_pr9a6ghf5ixkqhyy3pxs7j1twvtrpgbilaj8hidz2yu7ba8fv171rd4euebt.jpg)
प्रतिक्रिया