नेपाल आइडलका उत्कृष्ट तीन चुनीए, कसले कति पाए भोट ?

 

काठमाडौं : नेपाल आइडलको अन्तिम चारको प्रतिस्पर्धाबाट शुक्रबार बेलुका सागर सागर आले बाहिरिएपछि उत्कृष्ट तीन छानिएका छन् । अरु प्रतिस्पर्धी विदा बाहिरिदा रुने आले आफू बाहिरिदा भने कत्ति पनि रोएनन् । बरु पछिल्लो समय विवादमा धकेलिएको नेपाल आइडलको बारेमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरे । उनले आफनो बुवाआमाले धेरै दुःख गरेको बताए । अतिथि निर्णायक बसन्त चौधरीले भने सागर बाहिरिँदा भावुक हुँदै सागरलाई कुनै दिन आफनो गीत रेकर्ड गराउने कुरा पनि बताए । दर्शकबाट प्राप्त भोटका आधारमा उनी बाहिरिएका हुन् । अरु प्रतिष्प्रधीको भन्दा कम भोट आएपछि सागरको नेपाल आइडलको यात्रा टुंगिएको हो । उनले अडिसनमा ‘आखिर मलाई झुक्याएर अर्कैसँग चली’, ‘सारा खुसी समेटी’ र निर्णायको आग्रहमा ‘सालैज्यु’ बोलको गीत गाएका थिए । त्यसैगरी उनले आँसु झार्दिन म, हेराइका चालहरुमा, अल्झेछ क्यारे पछ्यौरी, हरपल त्यो तिम्रो मुस्कानलगायतका गीतमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जित्न सफल भएका छन् । नेपाल आइडलको विजेताले २० लाख रुपैयाँ नगद, महिन्द्राको कार, १५ लाख बराबरको एल्बम, फस्र्ट रनर अपले १५ लाख र सेकेन्ड रनर अपले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यता, अघिल्लो हप्ता नै एक जना बाहिरिनु पर्नेमा जर्जहरु न्यू बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाले आफ्नो अधिकारी भन्दै चारै जनालाई राखेर पछिल्लो हप्तासम्म लम्ब्याएको र भोटको विषयलाई लिएर अदालतमा मुद्दा खेपेको नेपाल आइडलले आफूहरुले कुनै गलत नगरेको भन्दै अदालतमा बयान दियो । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै काठमाडौं जिल्ला अदालतले मुद्दा खारेज गरेको हो ।नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । आयोजकका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन । आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा जोडेर एक जना आउट हुने बताएपछि अदालतमा मुद्दा परेको थियो ।आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए। रिटको प्रारम्भीक सुनुवाई गर्दै दुबै पक्षलाई छलफलमा बोलाएबमे थियो । शुक्रबार वादी प्रतिवादीको बहस सुनेपछि न्यायाधीश भट्टको इजलासले रिट निवेदन खारेजको फैसला सुनाएका हुन् । यसैबीच भोटिङमा कसले कति मत पाए भन्ने आम दर्शकको कौतुहलताको विषय हो । चार प्रतिस्पर्धीमध्ये कसले कति मत पाए भन्ने विवरण माइन्यूजनेपालले प्राप्त गरेको छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार बुद्ध लामाले सबैभन्दा बढि मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । त्यसैगरी प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाउँदै दोस्रो भए । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् । निशान भटराई ८ लाख ७१ हजार ४ सय ८० मत पाएर तेस्रो भए भने सागर आले ८ लाख ९ हजार ९ सय १५ भोट पाएर बाहिरिए । भट्टराईले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाए । आलेले भने एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित