११ हजार किलोमिटर यात्रा गरेर रक्तदान गर्ने एक नेपाली

bload

   काठमाडौं । अमेरिकामा बस्दै आएका एकजना नेपालीले ११ हजार २०० किलोमिटरको यात्रा गरेर रक्तदान गरेका छन् । गत मंगलबार अर्जुन मैनालीले न्यू योर्कबाट अफ्रिकी देश इथोपिया पुगेर रक्तदान गरेका हुन् ।

अफ्रिकामा हरेक वर्ष ६ लाख गर्भवती र सुत्केरीको अत्यधिक रक्तश्राव हुँदा रगत अभावमा जीवन गुमाउने गरेकोले लामो दूरी पार गरेर रक्तदान गर्न इथोपया पुगेको उनले बताएका छन् ।

रक्तदान गर्न पुगेका उनका लागि मात्रै इथोपिया नेशनल ब्लड सर्भिसले एडिस आबाबाको पाँच तारे होटेल क्यापिटल इन्टरनेशनलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा उनले रक्तदान गरेका थिए ।

रक्तदान पश्चात मैनालीले भने–‘मसँग भएको मानवीय अमूल्य जीवनको भण्डारलाई तपाईंहरुसँग बाँढु भनेर आफ्नै साधन स्रोतमा यहाँसम्म आएको हुँ ।’ अहिलेसम्म (३१ वर्षको अवधि) मैनालीले १५ देशमा १६८ पटक रक्तदान गरिसकेका छन् । यो ८४ हजार मिलिलिटर रगत हो ।

उक्त कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डाक्टर सेहर्ला अब्दुलाहीले रक्तदाता मैनाली एक असाधारण व्यक्तित्व भएको र उनको कार्यले आफ्ना नागरिकहरुमा रक्तदान गर्न उत्साह मिल्ने बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित