निर्वाचनको मुखमा मेयरका उम्मेदवारको घरमा बम बिस्फोट

[caption id="attachment_29358" align="alignleft" width="700"] फाइल तस्विर[/caption]

धनुषा : तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए । विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताए । यसअघि पनि विभिन्न ठाउँमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले बम विष्फोट गराएको हुँदा यहाँ पनि उनीहरुले नै बम विष्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि विहिबार बेलुका रौतहट जिल्लाको गुजरा नगरपालिकाको कटारी बजारको महिरा बुथ केन्द्र नजिक र बुधबार बेलुका चन्द्रनिगाहापुर नगरपालिकामा उनीहरुले बम विस्फोट गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित