करण र विक्रमले किन गोली चलाए भारतीय नागरिकमाथि ?

काठमाडौं : भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गएराति गोली चलेको हो । अन्दाधुन्द गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन् । भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह गोली लागेर घाइते भएका हुन् । चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको बताइएको छ । घाइते दुवै जनालाई राति नै उपचारका लागि भारततर्फ लगिएको छ । चौहानको अवस्था गम्भीर छ । बिहीबार राति करिब ९ बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुलनजिकै गोली चलेको थियो । महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार उनीहरुलाइ मोटरसाईकलमै आएको समूहले गोली प्रहार गरेको हो । प्रहरीले गोली चलाउने दुईजना नेपालीलाई भाग्दै गरेको अवस्थामा घटनास्थल नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले कञ्चनपुर भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारीलाई १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित