दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली पोखरामा हुँदै

rabinadh

 काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटननमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने छ । 

दिवंगत नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उनको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरामा जानेछन् ।

त्यस्तै, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरामा जानेछन् ।  दिवंगत मन्त्री अधिकारीको आजै पोखराको रामघाटमा अन्त्यष्टि गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित