वायु सेनाका पाइलटलाई भारतको जिम्मा लगायो पाकिस्तानले

avinandan

   काठमाडौं । पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई भारतलाई जिम्मा लगाएको छ । पाकिस्तानले शुक्रबार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो।

अब उनलाई पञ्जावको वगाहा–आरती नाकाबाट भारत ल्याइने छ। भारतीय विदेश मन्त्रालयले अभिनन्दनलाई बिना तामझाम भारत ल्याउने जनाएको छ। उनी स्थानीय समयअनुसार तीन बजे भारतीय भूमिमा आइपुग्ने बताइएको छ।

बुधबार बिहान पाकिस्तानले भारतीय वायु सेनाको जहाजलाई विवादीत कस्मिरमा खसालेको थियो। सो जहाजमा रहेका पाइलटलाई पछि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।

भारतले दिल्लीस्थित पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएर अभिनन्दनको रिहाइको माग गरेको थियो। बिहीबार पाकिस्तानको संसदमा बोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेतस्वरूप वायु सेनाका चालकलाई भारतलाई बुझाउने बताएका थिए।

फेब्रुअरी २६ मा भारतीय सैनिक जहाजले पाकिस्तानी भूमिमा बम खसालेपछि चुलिएको भारत–पाकिस्तान सम्बन्धको तनाव अभिनन्दनको रिहाइसँगै मत्थर हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित