यस्तो बन्यो अमिताभको र्‍याप (भिडियो सहित)

amitav

   काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री तपसी पन्नुको नयाँ फिल्म ‘बदला’ आउँदैछ। यही मार्च ८ मा रिलिज हुने फिल्म शाहरूख खानको रेड चिल्लीज इन्टर्टेमेन्टले निर्माण गरेको हो।

फिल्म रिलिज नजिकिँदै जाँदा ‘बदला’ ले दुई वटा गीत सार्वजनिक गरिसकेको छ। यसअघि ‘क्यू रब्बा’ बोलको गीत सार्वजनिक भएको थियो। बिहीबार साँझ अर्को गीत सार्वजनिक भएको छ जुन निकै चर्चामा छ।

‘औकात’ बोलको गीत चर्चामा आउनुमा र्‍याप हुनु त्यसमाथि पनि अभिनेता अभिताभ बच्चनले गाउनु हो । गीतमा अमिताभलाई गायक अमित मिश्र र क्लिन्टन सेरेजोले साथ दिएका छन्। यसको संगीत संयोजन क्लिन्टनले र शब्द रचना सिद्धान्त कौशलले गरेका हुन्। अमिताभले भिडियोमा र्‍याप गाउँदै त्यही अनुसार हाउभाउ गरेका छन्। सुजोय घोषद्वारा निर्देशित बदला थ्रिलर फिल्म हो।

प्रतिक्रिया

सम्बन्धित