भारतीय पाइलटका छोरालाई पाकिस्तानी सेनाको यस्ताे पत्र ‘घृणा शक्तिशाली हुन्छ कि माया ?’

pakistan

  काठमाडौं । पाकिस्तानी सेनाको कब्जामा परेका भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमानका छोरालाई पाकिस्तानी सेनाले एउटा भावुक पत्र लेखेको छ । जुन अहिले भाइरल बनिरहेको छ । गत बुधबार भारत र पाकिस्तानबीच भएको हवाई आक्रमणमा भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई पाकिस्तानले समातेको थियो। त्यसको भोलीपल्टै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘शान्तिको संकेत’का रूपमा अभिन्दन फिर्ता गर्ने घोषणा पाकिस्तानी संसद्‍मा गरेका थिए। आज पाकिस्तानले भारतको जिम्मा लगाएका अभिनन्दनका छोरालाई सम्बोधन गरेर पाकिस्तानी सेनाले लेखेको पत्रः

हाई लिटिल बन्नी
बधाइ छ। तिमी छिटै आफ्ना बुवालाई अंकमाल गर्न गइरहेका छौ। हामी उनलाई तिमीकहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए। बनी सुन। तिमीलाई मेरो एउटा अनुरोध छ। जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनू।
उनीसँग सोध्नू– ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन ?
उनीसँग सोध्नू– यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए ?
उनीसँग सोध्नू – युद्ध र घृणाको मूल्य के हुन्छ ?
उनीसँग सोध्नू – के शक्तिशाली हुन्छ ? घृणा कि माया ?
उनीसँग सोध्नू – जीवन र मृत्युमा के सुन्दर हुन्छ ?
म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु। खुसी रहनु लिटिल बन्नी।

म चाहन्छु एक दिन तिमी आफ्ना पितासँगै हामीकहाँ आउ। हातमा बम र मिसाइल होइन फूल लिएर आउ। अनि अझै एउटा कुरा– म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं। आफ्ना पितासँग खुसी रहनू।
मानवता प्रेमी।

प्रतिक्रिया

सम्बन्धित