बिदुषी माता सपना देवीद्वारा बेलायतमा मानव धर्म र गीता प्रबचन सम्पन्न

sudha

  बेलायत । अन्तराष्ट्रीय ख्याती प्राप्त बाचन साधिका बिदुषी माता सपना देवी श्रेष्ठ कृष्ण प्रणामी हाल २ हप्ते बेलायत भ्रमणमा हुनुहुन्छ। भ्रमणका अवसरमा वहांले गत साता अल्डरशट स्थित शिव मन्दीरमा मानव धर्म र गीता प्रबचन गर्नुभयो। सोका अलावा वहांले लन्डन, बर्मिङ्घाम, फार्नबोरो र प्लमस्टेडका विभिन्न मन्दीरहरु र नेपाली तथा गुजराती समुदायमा पनि गीता प्रबचन दिनुभयो।

२०३३ सालमा सांखु, साली नदीमा श्रेष्ठ (नेवार) परिवारमा जन्मनुभएकी माता सपनाजीले बिगत २० बर्ष देखि देश बिदेशमा श्रीमद भागवत बाचन गर्दै आउनुभएको छ। उहाँले स्वदेश लगायत बिदेशमा हाल सम्म २७ वटा देशहरुमा श्रीमद भागवत बाचन, शीब पुराण बाचन, देवी भागवत, तारतम बाणी, गणेश पुराण बाचन गरि सक्नुभएको छ।

uk

यसरी बिदेशमा भागवत बाचन गर्ने उहाँ नै पहिलो गैर ब्राह्मण महिला हुनुहुन्छ। साथै वहां ब्राह्मण बाहेक अरु समुदायका महिलाले समेत वेद र गीताको अध्ययन गरि श्रीमद भागवत वाचन गर्न मिल्ने र सक्ने रहेछन भन्ने कुराको ज्वलन्त उदाहरण र प्रेरणाको श्रोत पनि हुनुहुन्छ। बिगत २० बर्षको अन्तरालमा उहाँले एक हजार भन्दा बढी सत्संग एवम महापुराण बाचन गरिसक्नुभएको छ।

माताजीले आफ्नो कार्यक्रमबाट संकलित रकम भौतिक निर्माणका बिबिध क्षेत्रमा प्रदान गर्दै समाजमा उल्लेखनीय योगदान पुर्‍याउदै आउनुभएको छ। उहाँले कैयो स्कुल कलेज, बाल तथा बृद्धाश्रम स्थापनामा सहयोग पुर्‍याउनुभएको छ भने आफ्नै अध्यक्षतामा साखुमा एक बृद्धाश्रम स्थापना र सञ्ञ्चालन गर्नुभएको छ।

उहाँ तनहूको आंबू खैरेनी स्थित श्री प्राणनाथ सेवा आश्रमको पीठाधिश हुनुहुन्छ भने निजानन्द आश्रम पुल्चोक र कृष्ण प्रणामी, नेपालको प्रखर बक्ता समेत हुनुहुन्छ।

उहाँले मुक्तीधाम ईटहरी, मंगलधाम कालिङ्गपोङ्ग, बृन्दावन धाम र गुजरातबाट तारतम वाणी, भागवत पुराण, वेद, गीता लगायत हिन्दु शास्त्रको विशिष्ट अध्ययन गर्नुभएको छ।

uka

हालै गत मंसीर महिनामा उहाँलाई थाईल्यान्डको एक अन्तराष्ट्रीय संस्था तोन्बुन बिशाखा फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा धार्मिक एवम सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याए बापत ईन्टरनेशनल सोसल रिलिजिएस एवार्ड द्वारा सम्मानित गरिएको थियो। यसरी धार्मिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याए बापत अन्तराष्ट्रीय अवार्ड पाउन सफल उहाँ नै पहिलो महिला हुनुहुन्छ।

श्रीमद भागवत बाचन बाहेक उहाँले ज्योतिष शास्त्र अनुसार भविष्यवाणी गर्नुका साथै आध्यात्मिक शिवीर मार्फत मेडिटेशन (ध्यान) पनि गराउनुहुन्छ। यसरी आध्यात्मिक ज्ञानको
माध्यमबाट ह्सिारहित, समुन्नत र सक्षम समाजको निर्माण गर्ने अभियानमा माता सपना देवी लाग्नुभएको छ। उहाँको साथमा उहाँको सहयोगी, कार्यक्रम संयोजक एवम कुशल भजन गायक केदार तिमिल्सिना पनि बेलायत भ्रमणमा हुनुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित