कास्की प्रहरीको विशेष अप्रेशन : अबैध हतियारसहित चार जना फन्दामा

ranan

 कास्की। अबैध हतियारसहित चार जना ब्यक्ति कास्की प्रहरीको फन्दामा परेका छन् ।

 कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाका अनुसार कास्की प्रहरीको विशेष अप्रेशन अभियान अन्तर्गत  ५ थान हतियार सहित ४ ब्यक्ति पक्राउ परेका हुन ।

 कास्की रुपा गाउपालिका बडा नं ७ तालवेसी तथा सौर्यवासका बिभिन्न स्थानहरुमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट सयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले ५ थान हतियार सहित ४ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

 पक्राउ परेकाहरु मध्य  जिल्ला कास्की रुपा गा.पा७ घर भई हाल पोखरा मनपा ३० शिशुवा वस्ने बर्ष ५५ को नारायण बहादुर गरुङबाट २२ बोर राईफल लेन्स सहित थान १, जिल्ला कास्की रुपा गाउपालिका बडा नं ७ तालवेशी बस्ने बर्ष ४८ को दिल बहादुर गुरुङबाट  १२ बोर राईफल सर्ट गन  थान, जिल्ला कास्की रुपा गाउपालिका ७ तिलखोरिया बस्ने बर्ष ४५ को सुरेश गुरुङ बाट भरुवा बन्दुक थान,   जिल्ला कास्की रुपा गाउपालिका बडा नं ७ तिलखोरीया बस्ने बर्ष ५४ को मन बहादुर थापा मगरबाट भरुवा बन्दुक थान १ बरामद गरिएको छ ।

 पक्राउ परेका सबैलाई म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको एसपी रानाले बताए ।

प्रतिक्रिया

सम्बन्धित