मन्त्रीकै आडमा मालपोत हाकिमको कमिसन खेल

padmaaryal

 काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले कार्यालय अनुगमन गर्दै आएकी छन् । उनले अनुगमनका क्रममा चावहिल मालपोत कार्यालय अर्कै भवनमा सार्न निर्देशन दिएको समाचार सार्वजनिक भयो ।

 मन्त्रीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिए नदिएकोबारेमा चासो राख्नु स्वभाविक भए पनि कार्यालय भवन सार्न निर्देशन दिएको बिषयले चावहिल मालपोत कार्यालयका कामु कार्यालय प्रमुख पदम अर्याललाई ‘के खोज्छस् ... आँखो’ भएको छ ।
मन्त्री अर्यालले चावहिल मालपोत कार्यालय आफ्नै भवनमा सार्न निर्देशन दिएको भए त्यसलाई स्वभाविक मान्न सकिन्थ्यो ।

 तर अर्को भाडाको घर खोजेर सार्न निर्देशन दिएपछि कार्यालय प्रमुख पदम अर्याल अहिले धुईपत्ताल भवनको खोजीमा जुटेका छन् । नयाँ कार्यालयका लागि भवन खोज्ने क्रममा उनीहरुले कमिसनको मोलमोलाई गर्दै आएका छन् । कार्यालय प्रमुख पदम अर्याल र खरिदार लक्ष्मण बस्नेत अहिले मालपोत कार्यालयका लागि भवनको खोजीमा जुटेका छन् ।

उनीहरुले ५० प्रतिशत कमिसन दिने घर खोजी गर्दै आएका छन् । भूकम्पभन्दा अघि नै मालपोत कार्यालय चावहिलको गंगाहिटीको घर भत्किएपछि हालको भवनमा सारिएको थियो । गंगाहिटीमै मालपोत कार्यालयको भवन छ ।
तर, मन्त्री अर्यालले आफ्नो भवनमा मालपोत सार्नका लागि निर्देशन दिनुपर्नेमा भाडाको घर खोज्नू भनेपछि कामु कार्यालय प्रमुख पदम अर्याललाई कमिसन खान सहज भएको हो ।

 उनी मन्त्रीको नाम लिंदै भवन भाडामा कमिसनको बार्गेनिङ गरिरहेका छन् । मालपोत कार्यालय आफ्नै भवनमा सार्दा मासिक रुपमा २ लाख रुपैयाँ सरकारी कोषको रकम बचत हुन्छ । तर, मन्त्रीले नै आफ्नो  भवनमा कार्यालय नसारी भाडामा सार्नू भनेपछि कार्यालय प्रमुख पदम अर्यालको कमिसन खाने बाटो खुल्ला भएको छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित