देश टुक्राउन खोज्ने सिके राउतलाई नेकपा प्रवेश गराउन खोजिएको हो ?

ck

    काठमाडौं । मधेशलाई अलग राज्य बनाउने भन्दै हिडेका सिके राउतले आज नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । यहि सम्बोधनबाट उनलाई मूलधारको राजनीतिमा ल्याउने तयारी गरिएको पनि नेकपा स्रोत बताउँछ । शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री केपी ओलीसहित उपस्थित हुने कार्यक्रममा राउतले मूलधारको राजनीतिमा आउने घोषणा गर्दैछन् ।

राउतले झण्डै एक दशकदेखि मधेश छुट्टै प्रदेशको अभियान चलाएका थिए। यसका लािग उनले लडाकु दस्ता समेत तयार पार्न थालेका थिए। मुलुक नै टुक्राउने अभियान चलाएका कारण उनी पटक–पटक पक्राउ परेका थिए। बिहीबारमात्र अदातलले उनलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो।

राज्य विप्लवको आरोप लागेर जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई सर्वोच्चले तारेखमा रिहा गर्न आदेश दिएको हो ।

राउतलाई गैरकानूनी ढंगले थुनिएको भन्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो । प्रहरीले सिके राउतलाई गत असोज २१ गते राज्य विप्लवको अभियोगमा पक्राउ गरेको थियो। मंसिर २० मा राउतलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले नै आदेश दिएको थियो।

त्यसपछी जिल्लाको आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्जमा पुनरावेदन दिएका थिए। पुनरावेदनले पनि जिल्ला अदालतको आदेश सदर गरिदिएको थियो। अन्ततः उनी सर्वोच्च पुग्दै रिहा भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित